शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक - Naya Online

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

काठमाडौं, २ माघ । गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको छ । ‘आनिङ्वा सुम् सुम्…’ बोलको गीत फोम्बोको आफ्नै शम्भू फोम्बोको आफ्नै युट्युव च्यानलमा सार्वजनिक भएको हो ।

शुक्रबार अनामनगरस्थीत नयाँअनलाइनको कार्यालयमा बालगायकगायिका केहेरसिंह लिम्बू र माङ्गेना कुरुम्बाङको उपस्थितिमा सार्वजनिक भएको हो । कार्यक्रममा भिडियोमा संलग्न कलाकार, प्राविधिक, गायकगायिका र निर्देशकको उपस्थिति थियो ।

सांस्कृतिक पुनर्जागरणको आवाज उठाइरहेका लेखक/निर्देशक सागर केरुङले पाःलाम लेखन र गायनको संख्या बढेपनि व्याकरणीय कुरामा चुक्दै आएको कुरा बताएका थिए । कुनै पनि विधामा संख्या बढेपछि त्यसमा बहस हुने गरेको र एकरुपता हुुनुपर्ने केरुङको जोड थियो । त्यसैगरी पछिल्ला दिनमा गीतको अगाडिपछाडि संवाद तथा अभिनय जोड्ने प्रथा चलेको प्रसँग ल्याउँदै गीतले भन्न बाँकी छ भने संवादले पूरा गर्ने, गीतमै सम्पूर्ण कथा छ भने संवाद जोड्नुको अर्थ नरहेको पनि केरुङले बताएका थिए ।

लिम्बू र याक्खा जातिले मात्र गाउने पाःलाम र धान नाच्ने गर्दछन् । साइनो नलाग्ने युवायुवतीबीच एकअर्कामा हात समाई नाचिने पाःलाममा मायाप्रीतिका कुरा गरिन्छन् भने समसामयिक कुराकानी पनि हुने गर्दछ । कलाकार रुद्र पाहिम, कृष्णराज नेम्बाङ, सलमान थलङले अभिनय गर्दाको अनुभव बताएका थिए । जाडोको समयमा अभिनय गर्दा शरीरमा काँडा उम्रिएको कलाकारहरुको अनुभव थियो ।

गायक शम्भू फोम्बोले नेपाली तथा पूर्वेली लोकलयमा आधारित गीत गाउँदै आएकोमा यसपल्ट पाःलाम गाएर लिम्बू भाषालाई न्याय गरेको कुरा बताए थिए । सानैदेखि भाषा बोल्दै आएता पनि गीत पहिलोपटक अवसर पाएको बताए ।

भिडियोका निर्देशक लोकेन साँवा लिम्बूले भिडियो निर्माणको लागि सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका थिए ।

शम्भू फोम्बोलाई सुनिता संयक लिम्बूले स्वरमा साथ दिएकी छिन् भने अन्य गायकगायिकाहरु सुमन लिम्बू, दीपा सुहाङ, दिवस पयाङ्गु, निरन्ता नेम्बाङले स्वरमा साथ दिएका छन् ।

शान्ता केरुङको रचना, रीता फोम्बो ठूली र सुमन लिम्बूको लय संकलन, अशोक लोहरुङ राईको एरेन्जमा पाःलाम तयार भएको हो ।

भिडियोमा रुद्र पाहिम, बबिता फोम्बो, पुष्पाञ्जली तिल्लिङ मादेन (चापेत्तीको आमा), कृष्णराज नेम्बाङ, सलमान थलङ, नैनकला आङ्देम्बे, शान्ति निङ्लेकु, मनु थक्लुङ, प्रदिप योङहाङ, सन्तोषी थोप्राले आभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सरिता लिङ्देनको रचनामा अर्को गीत सार्वजनिक

काठमाडौ १९ फागुन । पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा नयाँ गीत सार्वजनिक...

ताप्लेजुङमा बृहत साँस्कृतिक कार्यक्रम

काठमाडौ १९ फागुन । आगामी बैशाख २४ देखि जेष्ठ ४ गतेसम्म सञ्चालन हुने बृहत...

झापामा छोटा चलचित्रहरू बन्दै

मोरङ, १९ फागनु । कोरोना भाइरस कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र...

लिम्बुवानी गीतको छायांकन सम्पन्न

फेदेन, १६ फागुन । लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान...

दुर्गा इङ्नाम र शिवकुमार सम्बाहाम्फेको ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक

काठमाडौं, १६ फागुन । शान्ता केरुङको रचना र लयमा नयाँ पाःलाम ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक...

रोहित मादेनले ल्याए मिक्लारेन कोम्हा?

काठमाडौं, १६ फागुन । रचनाकार तथा कलाकार रोहित मादेनले पाःलाम ल्याएका छन् । इन्द्रसुशिल...

भीमसागर मादेम्बाको मेयङलुङ बसैमा

काठमाडौं, १६ फागुन । गायक भीमसागर मादेम्बाले तेह्रथुमको आञ्चालिकतालाई झल्काउने गीत मेयङलुङ बसैमा… सार्वजनिक...

‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’को तयारी तिब्र

काठमाडौं १५ फागुन । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा...

एक दशक पछि घमेश दुलालको “बनमा खयर”

काठमाडौं, १४ फागुन । लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि...

‘कबड्डी’को चौँथो सिक्वेल ‘द फाइनल म्याच’ निर्माण हुने

काठमाडौँ, १४ फागुन । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ...