काठमाडौं, २ माघ । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ ।
मेलिना राई र राजन तिमिल्सिनाको स्वर तथा संगीत रहेको गीतलाई प्रज्योलराज शाक्यले म्यूजिक भिडियोमा ढालेका हुन् । भिडियोमा अन्जु सुनार तथा सन्दिप सुवेदीले अभिनय गरेका छन् । अखिल बास्तोला र टिमको छायाँकन रहेको गीतको भिडियोमा हिमसागर बमको सम्पादन छ ।
चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेको गीतकार उपाध्यायले बताए ।
भिडियो हेर्नुहोस ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।