काठमाडौ,३ माघ
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल जिल्ला कार्यसमिति पान्थरको चौथो जिल्ला हुने भएको छ । आज एक पत्रकार सम्मेलनमार्फत सो कार्यक्रम सार्वजनिक गरिएको हो । आगामी २०७७ साल फागुन १४ गते पाँचथर फिदिममा केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ लगायतको नेताहरुको उपस्थितिमा सम्पन्न हुने बताइएको छ । गत २०७६ साल चैत १९,२० र २१ गते तोकिएको अधिबेशन कोभिड १९ का कारण स्थगन भएको थियो । अधिवेशन तयारीका लागि पुस २९ र माघ १ गते बसेको बैठकले निणर्य लिएको थियो । अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाबाट ५/५ जना प्रतिनिधि, ३/३ जना पर्यवेक्षक र सबै वडाहरुबाट २/२ जना प्रतिनिधि र एक/एक जना पर्यवेक्षक सहभागी हुने अध्यक्ष सागर केरुङ्ले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।