काठमाडौं, ३ माघ । नेपाली चलचित्रको इतिहासमा वायोपिक चलचित्र (जीवनमा आधारित) निर्देशन गर्ने प्रेम सेर्मा माङ्जाबुङेको स्मृतिग्रन्थ निकालिने भएको छ । उनको गत असोज ११ गते निजी निवास उर्लाबारी मोरङमा निधन भएको थियो ।
स्मृतिग्रन्थ प्रकाशनको संयोजकमा किशोर सुब्बा रहेका छन् भने सदस्यहरुमा कुल्वा सुब्बा, यासेली योङहाङ, सागर केरुङ, देवेन्द्र खापुङ, क्रान्ति सुब्बा, प्रीति योगी, दुर्गा नेम्बाङ छन् ।
उक्त स्मृतिग्रन्थमा सेमार्का समकालिन साथीहरूको सम्झना, तस्वीरहरुलाई अटाइने छ भने उनको योगदान अभिलेखीकरण, पाएका पुरस्कार सम्मानको दस्तावेजीकरण गरिनेछ ।
सेर्माको जीवनी मुललेखमा समेटिने भएकोले जीवनीलाई सकभर घटाएर उनीसँग घटेका रोचक जानकारी दिन लेखकवर्गलाई अनुरोध गरेको छ । उनका समकालिन साथीहरु तथा शुभेच्छुकलगायत धेरैजनालाई समेटिने भएकोले १५ सय शब्द नबढाई लेख्न पनि प्रकाशन तथा सम्पादन टोलीले अनुरोध गरेको छ । साथै उनीसँग भएका कुराकानी, तस्वीर, लेखहरू छन् भने उपलब्ध गराइदिन सम्पादन मण्डललाई उपलब्ध गराउन संयोजक किशोर सुब्बाले अनुरोध गरेका छन् ।
लेखरचनाहरु चैत मसान्तभित्र लेख पठाउनका लागि psmmemorial@gmail.com मा पठाइदिन अनुरोध गरेको छ । त्यसैगरी स्मृतिग्रन्थलाई आर्थिक सहयोग पनि गर्न सकिने र उक्त आर्थिक सहयोगको नामवली पुस्तकमै उल्लेख गरिने संयोजकले जानकारी दिएका छन् । प्रकाशनबाट रकम उब्रिएमा ट्रष्ट निर्माण गरी अक्षयकोष खडा गर्ने र कलाकारितासम्बन्धि विद्यार्थीलाई छात्रवृति प्रदान गरिने प्रकाशन समितिले निर्णय गरेको छ।
यो पनि पढ्नुहोस्
अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।