निगमको वाईडबडी मार्फत मलेसियाबाट १८ शव र एकजनाको अस्तु नेपाल लगिदै - Naya Online

निगमको वाईडबडी मार्फत मलेसियाबाट १८ शव र एकजनाको अस्तु नेपाल लगिदै

जेडी गाउँले

क्वालालम्पुर, २२ जनवरी । मलेसियामा विभिन्न कारणले मृत्यु भएका नेपालीहरूको १८ शव र दाहसंस्कार गरिसकिएको एकजनाको अस्तु नेपाल बायु सेवा निगमको वाईडबडी जहाज ए३३० मार्फत एकैसाथ नेपाल जाने भएको छ ।

नेपाली राजदूतवासको विशेष आग्रहमा निगमले वाईडबडी जहाज पठाउने भएपछि २३ जनवरीको उडानमा शवहरू नेपाल जाने भएको हो ।

क्वालालम्पुर–काठमाडौ रुटमा विभिन्न एयरलाईन्सहरूको नियमित उडान भएको भए पनि सबै जहाज न्यारोबडीका हुने भएकोले शव पठाउन समस्या परिरहेको थियो । न्यारोबडीका जहाजले यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गाे भरिने हुदा एयरलाइन्सहरूले शव बोक्न मानिरहेका थिएनन् । जसले गर्दा सम्बन्धित निकायले सम्पूर्ण प्रकृया पुरा गरेर पनि लामो समय शव पठाउन सकिरहेका थिएनन् । फलस्वरुपः एकपछि अर्काे थपिदै यो संख्यामा शव अड्किएको हो ।

नेपाल पठाउन समस्याको रुपमा रहेका शवहरू नेपाल जाने भ पछि नेपाली राजदूतवासका द्वितीय सचिव प्रतिक कार्कीले अफिसियल पेजमार्फत जानकारी दिदै बताएका छन्– दूतवासले नेपाल सरकारसंगको अनुरोधमा निगमको वाईडबडी जहाजबाट अड्किएर रहेका १८ वटा शव र एकजनाको अस्तु पठाउन सम्भव भएको हो ।’

पछिल्लो समय शव पठाउन नसक्नु पछाडीको ब्यवहारिक पाटोलाई नजर अन्दाज गर्दै सामाजिक सञ्जालमा भ्रम फैल्याउन खोज्नेहरू प्रति लक्षित गर्दै उनले अनुरोध गरे– ‘कुनै पनि प्रश्न भए फोन गरेर या ईमेल गरेर जानकारी लिन सक्नु हुन्छ । तर, कसैको मान–मर्दन गर्नु भन्दा अगाडि वास्तविक कुराहरू सोधेर, बुझेर लेख्दा राम्रो हुन्छ ।’

यो पनि पढ्नुहोस्

मलेसियाबाट एकै पटक १७ वटा शव नेपाल ल्याइने

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च...

‘हिन्दुधर्म नेपालीहरूको मौलिक पहिचान हैन, हिन्दु भन्ने बित्तिकै विदेशमा हिन्दुस्तानी सोँच्छन्’

भगवान चाम्लिङ राई कुवामा बसेर संसार परिवर्तन देख्न नसकेका प्लमस्ट्रिट यूकेस्थित कथित पशुपतिनाथका मूल...

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

कवि पराजित पोमुको संयोजकत्वमा जनजाति साहित्यकार महासंघ कोरिया गठन

प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी...

मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा

लन्डन, १९ फेब्रुअरी । आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने...