कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ दुई कृतिको संयुक्त लोकार्पण - Naya Online

कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ दुई कृतिको संयुक्त लोकार्पण

दक्षिण कोरिया, २६ जनवरी । इतर अभियान्ता कवि सुष्मा रानाहँमाको कविता संग्रह “आमाको तासफोटो” र कवि एवम् कथाकार दिपा मेवाहाङ राई सम्मिलित “छकालै” (२० श्रष्टाका संयुक्त कथा संग्रह) कोरियामा लोकार्पण भएको छ ।

कोरोना महामारीको बेला सामाजिक दूरि कायम राख्दै उक्त कार्यक्रम गरिएको थियो ।

दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा भएको लोकार्पण कार्यक्रममा कवि सेसेफुङ सेर्मा र कवि शकुन “आँशु” वक्ताको रुपमा उपस्थित थिए । पुस्तकमाथी विचार राख्दै कवि सेर्माले आमाको तासफोटोमा माया प्रेमका कविता, विभेदविरुद्धका कविता साथै आफ्ना जातिय पहिचान उनिएको जीवन्त कविताहरु रहेको बताएका थिए र कविले नेपाली साहित्यमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएकोपनि बताए । यसैगरी “छकालै” कथा संग्रहमा पठनिय कथाहरु रहेको र आफूले एकै बसाइमा केही कथाहरु पढेर सकेको बताउँदै यी दुई कृति नेपाली साहित्यमा अमूल्य कृति रहेको बताए । यसैगरी कवि शकुन आँशुले “आमाको तासफोटो“मा कविले व्यतीत समय र घटनालाई टपक्क टिप्न सक्ने कला रहेको बताए साथै संग्रहभित्र आम प्रवासीहरुको जीवन भोगाईहरुलाई समेत उतारिएको पाइने बताउँदै कविले आफ्नो जातिय पहिचानलाई यस पुस्तक मार्फत व्यक्त गर्न सफल भएको दावी गरिन् । “छकालै“ को बारेमा बोल्दै कविले संग्रह भित्रका कथाहरु पढ्दा आफू स्वयं त्यसमा विलय भएको बताइन् र एउटा राम्रो कथा संग्रह आएकोले पाठहरुलाई पढ्नका निम्ति अनुरोध गरिन् ।

यसैगरी इतर अभियानका शिर्षविन्दु कवि पराजित पोमूले कृतिमाथि रचनात्मक टिपोट राख्दै आमाको तासफोटोले आऊदो लेखन यात्रामा अझ जिवन्त कालजयी अमर कविताहरु लेख्नका लागि कविको बाटो खुलेको बताए । ‘छकालै’ कथा संग्रह भित्रका कथा राम्रो हुदा हुदै पनि अपेक्षा गरे अनुरूप कथाहरू नपाएको र साथमा साहित्य लेखनलाई सरल र सहजरूपमा लिन नहुने सुझावसम्म दिन भ्याए ।

कवि एवम कथाकार दिपा मेवाहाङ राईले सल्लाह सुझावको अपेक्षा गर्दै कविताबाट आफूले पहिलोपटक कथा विधामा कलम चलाएको बताइन् र “छकालै” मा कथा आएपछी लेखनमा थप जिम्मेवारी वोध भएको बताइन् । यसैगरी “आमाको तासफोटो”की श्रष्टा कवि सुष्मा रानाहँमाले संग्रहको प्रतिनिधि कविता “आमाको तासफोटो” वाचन गरेर सुनाएकि थिइन् । संग्रह प्रकाशित गर्नमा प्रेरणादायी भूमिका निर्वाह गर्नुहुने इतर टिम र अग्रज सर्जकहरुप्रती आभार प्रकट गर्दै “आमाको तासफोटो“ पढिदिनुहुन र पढेर प्रतिक्रिया गरिदिनपनी अनुरोध गरेकी थिइन् ।

लोकार्पण समारोहमा कवि डम्बर सुब्बाले स्वागत मन्तव्यसहित कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कवि कृष्ण किरातले “आमाको तासफोटो”बाट “उभौली र उधौली” कविता वाचन गरेका थिए । सोही कार्यक्रममा नै कोरिया बसाइको अवधी सकेर नेपाल फर्किन लागेका इतर अभियान्ता कवि कृष्ण किरातलाई कदर पत्र सहित विदाइ गरिएको थियो ।

समारोहमा पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाका अध्यक्ष अमृत राई ,किरात राई यायोक्खाका कोरियाका कार्यबाहक अध्यक्ष जीवन पुमा राई, खोटाङ सेवा समाजका अध्यक्ष चित्र घले, समाजसेवी एवम अग्रज व्यक्तित्वहरु सेसहाङ राई, समसेर पंधाक, ध्यान राई, लोचन राई, मानध्वज राई, बालकृष्ण वान्तावा, निला राईलगायत साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च...

‘हिन्दुधर्म नेपालीहरूको मौलिक पहिचान हैन, हिन्दु भन्ने बित्तिकै विदेशमा हिन्दुस्तानी सोँच्छन्’

भगवान चाम्लिङ राई कुवामा बसेर संसार परिवर्तन देख्न नसकेका प्लमस्ट्रिट यूकेस्थित कथित पशुपतिनाथका मूल...

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

कवि पराजित पोमुको संयोजकत्वमा जनजाति साहित्यकार महासंघ कोरिया गठन

प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी...

मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा

लन्डन, १९ फेब्रुअरी । आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने...