गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको मस्तिष्क रक्तश्रावबाट निधन - Naya Online

गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको मस्तिष्क रक्तश्रावबाट निधन

बेलायत, २६ जनवरी । नेपाली समाजका एक अगुवा प्राध्यापक डा. चन्द्र लक्सम्बाको मस्तिष्क रक्तश्रावको कारण निधन भएको छ । नेपाल खुल्ला विश्व विद्यालयमा समाजशास्त्रका प्राध्यापक डा. लक्सम्बा गत बर्षको सुरुतिरै पारिवारिक भेटघाटका लागि बेलायत आएका थिए । तर कोरोना लकडाउनका कारण अनिश्चित कालसम्मका लागि बेलायतमा नै रहनु पर्ने भएपछि उनले अनलाइनमार्फत नै अध्यापन गर्दै आएका थिए ।

त्यसो त उनको निधनको तत्कालिक कारण मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) भएको भएपनि उनी केही समययता कोरानाबाट पनि संक्रमित थिए । स्वासप्रस्वासमा निकै कठिनाई भएपछि उनलाई गत शनिवार अस्पताल भर्ना गरिएको थियो ।

स्व. लक्सम्बाको जन्म ताप्लेजुङ जिल्लाको सिकैचा गाउँ (हाल श्रीजँगा गाउँपालिका) मा सन् १९६४ मा भएको थियो । अमृत साइन्स क्याम्पस काठमाण्डौंमा अध्ययनरत रहँदा कम्युनिस्ट राजनीतिमा होमिएका स्व. लक्सम्बापछि ब्रिटिश गोर्खा आर्मीमा भर्ना भए । १९ बर्षको सेवापछि उनी सन् २००२ मा सेवा निवृत्त भए । उनले सन् २००५ मा युनिभर्सिटी अफ सर्रेको राजनीति बिभागबाट लाइफ लङ लर्निङमा विद्यावारिधि गरे ।

आफ्नो विद्यावारिधि शोधको अवधिमै उनले मेजर टिकेन्द्रदल देवानलगायत अन्य गोर्खा अगुवाहरुसित मिलेर ब्रिटिश गोर्खा वेलफेयर सोसायटी स्थापना गरे र सन् २००४ मा पूर्व गोर्खाहरुको आवासीय भिसाको मुद्दालाई सफल निस्कर्षमा पुर्याए । उनी सन् २००६ मा भएको गैरआवासीय नेपाली संघ बेलायतको प्रथम निर्वाचनमा उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याएर बिजयी भएका थिए । त्यसपछि उनले बेलायतमै रहेका अन्य प्राज्ञहरुसित मिलेर सेण्टर फर नेपाल स्टडिज यूके स्थापना गरे ।

सन् २०१८ मा उनी नेपाल खुल्ला विश्व विद्यालयमा प्राध्यापक नियुक्त हुनपूर्व स्व. डा. लक्सम्बाले क्याम्ब्रिज युनिभर्सिटीको पाठ्यक्रम विकास र सुधार क्षेत्रमा दोस्रो जागिर खाए । सोही समयमा गोर्खाहरुको बाँकी रहेको मुद्दाहरुलाई पनि दिशा निर्देश गरिरहे । केही समयअघि मात्र उनलाई नेपाल सरकारले लुम्बिनी बौद्द विश्व विद्यालयको सिनेट सदस्यमा नियुक्त गरेको थियो । बेलायतका नेपाली समाज र गोर्खा मामिलाका बिषयमा स्व. डा. लक्सम्बाका थुप्रै स्वलेखन र सहलेखन कृतिहरु प्रकाशित छन् ।

स्व. लक्सम्बाका श्रीमती, दुई छोराहरु र नातिनातिनीहरु छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च...

‘हिन्दुधर्म नेपालीहरूको मौलिक पहिचान हैन, हिन्दु भन्ने बित्तिकै विदेशमा हिन्दुस्तानी सोँच्छन्’

भगवान चाम्लिङ राई कुवामा बसेर संसार परिवर्तन देख्न नसकेका प्लमस्ट्रिट यूकेस्थित कथित पशुपतिनाथका मूल...

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

कवि पराजित पोमुको संयोजकत्वमा जनजाति साहित्यकार महासंघ कोरिया गठन

प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी...

मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा

लन्डन, १९ फेब्रुअरी । आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने...