आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर - Naya Online

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को परिचय सिनेकर्मी पनि हो । सिनेमा क्षेत्रमा आफू जोडिए पनि ती काम नामको लागिमात्र भएको र घर, परिवार भने कपडा व्यवसायबाटै चलिरहेकोे उनको भनाई छ । २०४२ सालदेखि बागबजार स्थित ‘स्ट्यान्डर टेलर’ सञ्चालनमा ल्याएका प्रधानले आफ्ना ग्राहकका लागि बम्पर अफर ल्याएका छन् ।

कोरोना कहरका कारण व्यवसाय ठप्प छ । त्यसैले स्टक सामान पनि नरहने र आफुलाई पनि केही राम्रो हुने भन्दै उनले ११ हजार पर्ने सुटलाई ६ हजारमै ‘अफर’ दिएका छन् । आफैले कपडा छानेर होस् वा रेडिमेड, सबैमा उनले यस्तो अफर ल्याएका हुन् । पुरुषका सम्पूर्ण पहिरनमा अहिले अफर ल्याएका छौँ’, उनले भने ।

कोरोनाले ग्राहक तथा व्यवसायी सबैको अवस्था उस्तै भएकोले सबैको राहतका लागि आफुले यस्तो अफर ल्याएको उनले बताए । यो अफर २०७८ साल बैशाखको शुभकामना आदान प्रदान पश्चात सक्किने छ ।

कपडा ब्यवसायमात्र गरेको भए आफ्नो परिचय त्यतिमै सिमित रहने थियो, सिनेमा क्षेत्रमा लागेकोले आफ्नो चौतर्फि परिचय बनेको र देश, विदेश घुम्ने अवसर मिलेको भन्दै उनले खुशी ब्यक्त गरे ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने...

आरबी योङ्हाङको ‘आमाको माया’ छायांकन सम्पन्न

फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन...

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का...

संगठन विस्तारमा मोबाइल व्यवसायी महासंघ

काठमाडौं १४, पुस । । संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशीक...

चार दिने आधारभूत सेयर तालिम सम्पन्न

दक्षिण कोरिया, १२ पुस । दक्षिण कोरियामा कार्यरत याक्थुङ युवाहरुको पहलमा चार दिने आधारभूत...

कलाकार मनिषाले खोलिन् फेशन हाउस

ललितपुर ११ पुस । कलाकारिताको क्षेत्र कोरोना कहरका कारण अस्तब्यस्त बनेपछि मोडल मनिषा लकान्द्री...

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं, २३ असोज । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर...

फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १६ असोज । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

बैंकमा गभर्नरको हस्ताक्षर नभएका नोटहरु धमाधम भेटिन थाले

काठमाडौं,असोज ७ ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि...