मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग - Naya Online

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल मुक्कुमलुङमा विकासको नाममा विभिन्न संरचना बनाउन सरकारी तथा गैरसरकारी तहबाट अतिक्रमण भएकोमा लिम्बू थरगत सहजीकरण समूहले विरोध गरेको छ ।

विभिन्न संरचना बनाएको प्रति लिम्बु समुदाय र सम्बन्धित अतिक्रमण गर्ने पक्षवीच केहीसमयअगाडिदेखि विवाद हुँदै आएको छ । दुई पक्षबीचको विवादलाई रोक्न ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयको पहलमा ४ साउन, २०७७ मा सम्बन्धित सरोकारवालाहरूसँगको बैठकले संरचना निर्माण गर्नको लागि गरिने सर्भे लगायतका कार्यहरू रोक्ने र अर्को सहमति नभएसम्म सबै कामहरू बन्द गर्ने सहमति भएको थियो ।

उक्त सहमतिको उल्लङ्घन गर्दै संरचना निर्माणार्थ फेरि केही गतिविधिहरू हुन थालेको सुचना प्राप्त भएको भन्दै सहजीकरणले विज्ञप्ति निकाली विरोध गरेको हो । सहमति कार्यान्वयन गराउने जिम्मा लिएको ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले उक्त कार्यहरू किन रोकिरहेको छैन भन्ने याक्थुङ सयङ सहजीकरण समूहको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस सम्बन्धमा लिम्बु आदिवासी समुदायको मानव अधिकार हनन् भईरहेको कुरालाई याक्थुङ सयङ सहजीकरण समूहको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोग समक्ष पनि उजुरी गरिसकेको छ भने नेपाल सरकारलाई पनि अन्तर्राष्ट्रिय कानूनद्वारा सुनिश्चित भएको लिम्बुहरूको प्रथाजनित भूमिमाथी अतिक्रमण नगर्न अनुरोध तथा जानकारी पत्र दिइसकेको छ ।

यति हुँदा हुँदै पनि मुक्कुमलुङ क्षेत्रमा फेरि अतिक्रमण गरिने कामले सरकारले लिम्बु समुदायसँग द्वन्द्व गर्न खोजेको सहजीकरण समूहको आरोप छ । लिम्बु समुदाय यसअघि भएको सहमति कार्यान्वयन गर्न दृढ रहेको र त्यसमा बलजफ्ती भए लिम्बु समुदाय प्रतिरोध गर्ने चेतावनी दिएको छ । याक्थुङ सयङ सहजीकरण समूहले ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सबै पक्षहरूलाई उक्त सहमति अनुसार काम गर्न गराउन अनुरोध पनि गरेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा ज्ञापनपत्र

ताप्लेजुङ, २६ चैत । प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङस्थीत मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा प्रधानमन्त्री...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘मुक्कुम्लुङ् संरक्षण’ बारे फिदिममा छलफल

१८ चैत,फिदिम ताप्लेजुङस्थित मुक्कुम्लुङमा लाई पाथीभरा नामांकरण गरिएकोमा सम्पुर्ण लिम्बुहरुले आपत्ति जनाउदै आएका छन...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

सरकारप्रतिको समर्थन चाँडै फिर्ता लिन्छौँ : प्रचण्ड

काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन...

जेफाले सिर्जना डबलीको २९ औ शृङ्खला केराबारिको रंगशालाबाट

मोरङ,केराबारी । पूर्वको सुन्दर केराबारी अवस्थित नवनिर्मित रंगशालामा आज जेफाले सिर्जना डबलीको २९ अौ...

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै...

कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा

काठमाडौ । श्रद्धाञ्जलीका लागि कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा राखिएको...