‘फटाह फणिन्द्रे’मा कर्मा, छुल्ठिम र रोहित - Naya Online

‘फटाह फणिन्द्रे’मा कर्मा, छुल्ठिम र रोहित

काठमाडौँ, २९ माघ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण निर्देशन रहने फिल्मको उनी मुख्य भुमिकाको लागि छनौट भएका हुन् ।

मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता अरुण खड्काले फिल्मको मुख्य भुमिकाको लागि कमासँगै अभिनेत्री छुल्ठिम.डि गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो ।

केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भुमिकाको लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् ।

विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायाँकन रहनेछ ।

उतक केसीको कथा रहेको फिल्ममा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।

यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

फिल्म निर्माणको सिलसिलामा आफुले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’ मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए ।

चैत्रको पहिलोसाताबाट छायाँकन सुरु हुने फिल्मले अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । फिल्मका निर्माण नियन्त्रक नेत्र बिष्ट हुन् ।

तस्बिर: आर्यन बिमली

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

साहित्यकार तथा गीतकार फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक

काठमाडौ ३१ बैशाख । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे...

मण्डलाले मञ्चन गरेको नाटक युटयुवमा आउँदै

काठमाडौँ, ३० बैशाख । मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक...

गीता नेम्बाङको ‘आत्तो केवा आम्मौं ?’

काठमाडौँ, २८ बैशाख । गायिका गीता नेम्बाङले लिम्बू भाषाको गीत आत्तो केवा आम्मौं ?...

सुमन लिम्बूको आधुनिक गीत सार्वजनिक

काठमाडौँ, २८ बैशाख । लिम्बू भाषामा गाइने पाःलाममा चर्चित बनेका सुमन लिम्बू नेपाली आधुनिक...

मर्मस्पर्शी ‘नियतिको खेल…’

काठमाडौं २८ बैशाख । एकपछि अर्को उत्कृष्ट भिडियो निर्देशन गरि सार्वजनिक गर्दै आइरहेका निर्देशक...

डा. डीआर उपाध्यायको ‘आमा’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २६ बैशाख । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द...

सार्वजनिक हुने तर्खरमा खेदा म्युजिकल फिल्म

काठमाडौँ, २५ बैशाख । रुबुसा कृएटिभ वर्कस् प्रालिको निर्माण तयार भएको खेदा (कथा) म्युजिकल...

देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक

पाँचथर, २५ बैशाख । गायिका देसु सुहाङको स्वरमा पाःलाम सार्वजनिक भएको छ । यादन...

शिवकुमार सम्बाहाम्फेको नयाँ लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । अनलाइन पाःलाम प्रतियोगितामा दोश्रो भएर चर्चामा आएका शिवकुमार सम्बाहाम्फेले नेपाली...

बिमल खड्का र ध्रुव न्यौपानेको लोकगीत सार्वजनिक

काठमाडौँ, २४ बैशाख । गायक बिमल खड्का र ध्रुव न्यौपानेको लोकगत सार्वजनिक भएको छ...