पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश - Naya Online

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण खेलकुद प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी सेमी फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार खदम स्पोर्टिङ क्लब मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै धरान अन्तिम चारमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको तेस्रो मिनेटमा समिक्षा मगरले गोल गर्दै धरानलाई अग्रता दिलाएकी थिइन् ।

तर, पहिलो हाफको इन्जुरी समयमा ममता राउतले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा अनिता लम्जेलको प्रहार गोल पोष्टमा लागेर बाहिरिएपछि खदम क्वाटरफाइनलबाटै बाहिरिएको हो । खेलको प्लेयर अफ दि म्याच धरानकी समिक्षा घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सतिसाले एफसी मोरङ र माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतराबीच भएको थियो । सतिसालेकी कोपिला लिम्बूले खेलको ५ मिनेटमा पहिलो गोल गरेपनि माउण्ट एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीले १६ औं मिनेटमा पवित्रा राईले खेल बराबरीमा ल्याएका थिए ।

मध्यान्तर पश्चात चतराले खेलाडी परिवर्तन गरेका रचना राईले १९ औ मिनेटमा अर्को गोल गर्न पुगिन र टिमलाई अग्रता दिलाइन । निरन्तर दवाबमा परेका सतिसाले खेलमा फर्किन सकेन अन्तत १ गोलमा चित्त बुझाउदै घर फर्कनु परेको थियो । खेलको प्लेयर अफ दि म्याच चतराकी पवित्रा घोषित भइन् ।
किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।

प्रतियोगिता अन्तरगत शनिबार दुई सेमी फाइनल खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र ए.पि.एस.सी माङसेबुङबीच हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

फूटबलको विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् ।

आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगिताको फाइनल आगामी २ फागुनमा हुनेछ ।

सम्बन्धित समाचार

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रवेश

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

पवित्रहाङमा कपमा दमक र माङसेबुङको विजयी सुरुवात

माङसेबुङ, २९ माघ । इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण...

महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय

काठमाडौँ, २६ मङ्सिर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब...

इतिहासकै पहिलो पाटीगाउँ दौड प्रतियोगिता-०७७ सम्पन्न

दौडमा सुमन लिम्बु र सिमा मगरले लेखाए इतिहास राजकुमार लिम्बु पाटीगाउँ मोरङ, ६ मंसिर...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

पाटीगाउँमा पहिलोपल्ट मिनि दौड प्रतियोगिता २०७७ हुने

चबेगु राज सानु,पाटीगाउँ | मोरङ, २ मंसिर । मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर १...

यासोक बजारमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला निर्माण हुदै

पाँचथर, १४ साउन । पाँचथरको कुम्मायक गाउपालिका स्थित यासोक बजारमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको...

सुदुरपश्चिम प्रदेशका खेलाडीहरुलाई कोभिड-१९ विरुद्ध एक वर्षे बिमा हस्तान्तरण

असार ६ कैलाली। सुदुर पश्चिमेली नेपाली समाज हरुको साझा अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका राष्ट्रिय...

कोरोनाविरुद्ध आत्मबल मिलोस् भन्दै ६० मिटर गहिराईमा जलयात्रा

काठमाडौं, ९ मे । नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार ‘कोरोना...

निसानले बुढासुब्बा गोल्डकपको उपाधी बाबालाई समर्पण गरेको क्षण ।

‘दाई, दाई मेरो ड्याडीलाई बोलाई दिनु न ।’ यो बोलि कुनै पाटी र बजारको...