कोरोनालाई पन्छाउँदै सिर्जनाका सौन्दर्यहरूमा रमाउँदाको अनुभूति - Naya Online

कोरोनालाई पन्छाउँदै सिर्जनाका सौन्दर्यहरूमा रमाउँदाको अनुभूति

चबेगु राज सानु

माघ महिना त्यसै पनि बिहान–बेलुका मुटु छिचोल्ने जाडो बिहानीको पारिलो घामसँगै साहित्यकार आङ्देम्बे शुक्र ‘आँसु’सँग अनेकौ कच्ची बाटो अनि घुम्ती मोड्दै पाटीगाउँदेखी केराबारीसम्म मोटरसाईकलमा हुईकियौ । खुल्ला आकाश पारिलो घाम यात्रा निकै रमाईलो । लगभग ३४ कि.मि.को यात्रापछि पुर्वको रमणीय ठाउँ केराबारी–७ मा पर्ने मगुको मुहिङ्गुम अङसिमाङ फाल्गुनन्द मिङ्सो माङ्हिमको प्राङ्गणमा पुगियो । कार्यक्रम केराबारीमा आयोजना गर्ने भएता पनि आयोजक टिम भने चारैतिर छरिएका । जेफाले साहित्य समाजका अध्यक्ष हृदय लिम्बु, चौबिसे धनकुटाबाट र उत्तरी मोरङ साहित्य मञ्चका अध्यक्ष सन्देश तुम्वापो मोरङको वाराङगीबाट कार्यक्रम सम्पन्न गर्न यसरी नै आएका थिए । अन्य साथीहरू यसरी नै विभिन्न ठाउँबाट आउँदै थिए । हामी पुग्दा सन्देश तुम्बापो, राजेश किराती लिम्बूसँगै सरगम खजुम सर पनि आईसकेका रहेछन् । यस कार्यक्रम सफल बनाउन लाखमान थेगिमसँगै सन्देश तुम्बापो दिलोज्यान दिएर लागिपरेका थिए । क्रमशः साथीहरूको आगमनले निरन्तरता पायो । कविन तुम्बापो, कमल चेम्जोङलगायत सबै आयोजक टिमको उपस्थितिपछि आमन्त्रित अतिथिजनको प्रतिक्षा सुरु भो । यो आयोजक टिम पछिल्लो समय सक्रिय हुने क्रममा छ । कुनै पनि कार्यक्रमको एउटा मजबुत टिमको आवश्यक्ता पर्छ । उत्तरी मोरङ तथा चौबिसे क्षेत्रको आसपासको विभिन्न पर्यटकीय क्षेत्रहरूमा हाईकिङ साहित्य, कोठे साहित्य, गुन्द्री साहित्यसँगै विशेष अवसरमा यस्ता स्थापित स्रस्टाहरूसँग भलाकुसारी नियमित रूपमा गरिरहेको छ । अझ भनौँ साहित्यलाई मौलिकपनसँग जोड्दै कार्यक्रमलाई नयाँपन दिन लागिपरेका छन् । यस पटक पनि कक्फेवा तङनाम(माघे सक्रान्ती)को अवसर पारेर ‘सिर्जनाका सौन्दर्यहरू’ कार्यक्रमको आयोजना ग¥यो । साथमा शुभकामना आदानप्रदान कार्यक्रम पनि थियो । सोही कार्यक्रमकै बहाना थियो केराबारी मगुसम्मको यात्रा । पछिल्लो समय नेपाली साहित्याकाशमा दमदार कविहरूको उदय भैरहेको छ । अझ साहित्यमा भविष्य खोज्दै गरेकाहरूका हामी अनुज लेखकहरूका लागि त झनै यस्ता कार्यक्रमहरूले त्यसै तान्ने नै भयो । कार्यक्रमको सुरुमै सहभागी सम्पूर्णलाई सगुनको रुपमा तरुल, फलफूलको व्यवस्था गरेको थियो भने कार्यक्रमको बिट मरौनीमा चिया नास्ताको व्यवस्था माङ्हिम भातृ संगठन नालिफुङ्वाका साथीहरूले गरेका रहेछन् । बिस्तारै–बिस्तारै सिर्जनशील मनहरूको उपस्थिति बाक्लियो । जति कवि लेखक तथा सिर्जनशील मनहरूको उपस्थिति बाक्लिदै थियो ममा चाहीँ उती नै छट्पटि र डर बढ्दैथियो । किनकी यो प्रदेशकै बलवान कवि तथा गजलकारहरूको अगाडी मैले नि केही थान गजल भन्नुपर्ने थियो ।

कवि साहित्यकारहरू साँच्चै अनौठो प्रकारका विचार बोकेर साहित्यिक यात्रामा निस्किएका हुँदा रहेछ्न “एकान्तमा बसेर सिर्जना गर्छ । अनि एउटा सिंगो समुदायलाई प्रतिनिधित्व गर्छ ।” यति बेला म अग्रज स्रष्टाको भनाइलाई सम्झिन पुग्छु । कक्फेवा तङ्नामको अवसरमा जेफाले साहित्य समाज धनकुटा र उत्तरी मोरङ साहित्यिक मञ्चको संयुक्त आयोजनामा हुन गइरहेको सो कार्यक्रममा वरिष्ठ कविहरू राज माङ्लाक, कवि बादलदेवी चाम्लिङ राई, कवि रेखा सुवेदी, गजलकार जेबी थुलुङ कमल चेम्जोङ (याक्थुङ्वा कान्छा)ज्युहरू आफ्ना रचना सुनाउने तरखरमा थिए । यता खचाखच सिर्जनशील मनहरू श्रष्टा तथा सर्जकहरूको सिर्जना सुन्न आतुर देखिन्थे । सभाहलमा उद्घोषकको आवाजसँगै कार्यक्रमले औपाचारिकतामा प्रवेश गर्यो । हाम्रो साहित्यिक भोक मेटाउँदै कार्यक्रममा रचना वाचनको ढोका धनकुटाका गजलकार कमल चेम्जोङ (याक्थुङ्वा कान्छा) आफ्नो गजलका शब्द शेरले मात्र होइन गजल गाएर मिठो स्वरले सम्पूर्ण उपस्थित गजलप्रिय मनहरूलाई मन्त्रमुग्ध बनाए ।

“ओठमा लाली लगाए,फुलफुल्छ कि भनेर 
मुस्कान हाली पठाए,फुलफुल्छ की भनेर

उनिउ रहेछौ तिमी थाहै भएन कहिल्यै 
यी हात माली बनाएँ, फुलफुल्छ कि भनेर”

उनको गजलले तालीको पर्रा पाएपछि मेरो पालो आयो । किनकी मलाइ नि गजलकारको रुपमा निम्त्यमएको थियो । सर्माउँदै मैले नि गजल सुनाएँ । के कस्तो भयो त्यो त खुट्टाउने जिम्मा यहाँहरूकै हो ।

“कोही बाँच्छन् चोक चोकमा पानी बेचेर
बाँचि रहेछ उ सहरमा जवानी बेचेर

तरिका मात्र फरक हो, उ हेर्नुस् त्यहाँ
नेता बाँचिरहन्छ सधै सुनखानी बेचेर ।

अनि आए साहित्यको विधामा कलम चलाउँदै आईरहेका अर्का स्थापित गजलकार जे.बी. थुलुङ थिए । गजल लेखनसँगै गजल गायनमा पनि उतिकै सक्रिय । प्रत्येक शेरहरूले सबैलाई वाह वाह भन्न बाध्य गरायो । हामीले पनि ति गजलका शेरहरू सुनेर भरपुर आनन्द लियौँ । त्यसपछि मञ्चमा उक्लिए यो समयका गम्भिर अनि शक्तिशाली कवि राज माङ्लाक । उनको लिम्बुनी गाउँ कविता कृति मदन पुरस्कारको ८ सर्वश्रेष्ठको सुचिमा परेर सनसनी मच्चाएका थिए । उनले उस्तै गम्भिर कविता सुनाए

“इतिहासको प्रत्येक पानामा
आफ्नो परिचयको अनुहार गिडिएको प्रसंग
र आमाको न्यानो भाषाको पखेटा काटिएको खाटा
उप्काउनु भनेको अपराध हो भन्ने बानी
आदिवासीहरूलाई पर्यो
र हरेक आदिवासी यही बानीको डुङ्गा सयर गर्दै
यहाँसम्म आइपुग्यो ।”

उनले अर्को कविता “पृथ्वीको आयु नाप्ने मान्छे” पनि पस्किए । माङ्लाकले कविता सँगै रमाईलो प्रसंग जोड्दै “हामी लिम्बुहरू अनुहार हेरेर माया प्रेम गर्ने जाति नभएर, धान नाचेर अनुहार नहेरी सोल्टिनीनको हात चिमोटेपछि मायाप्रेम सुरु हुने भन्दै सबैलाई गलल हँसाए ।

अर्का कवि रेखा सुवेदीले “म र तस्बिर’, ‘नयाँ अनुहार’ र ‘हराएको यलम्बर खोजिरहेछु’ गरी तीनओटा कविता वाचन गरिन् । वाचन भएका कवितामा जीवनका भोगाईहरूमा आएका उतारचढाव प्रस्ट देख्न सकिन्थ्यो । रेखा सुवेदीको कबिता “हराएको यलम्बर खोजिरहेछु” वाचन भैरहन्दा सबैलाई सोचमग्न बनायो ‘उनलाई कहाँ र कसरी यलम्बरको बारे कविता लेख्ने विचार आयो होला?’ हुन त साहित्य महासागर हो जति पौडिन र गहिराईमा जान सक्यो उति रमाईलो र वास्तविक्तानजिक पुग्न सकिन्छ । र पालो थियो कवि बादल चाम्लिङको । हामीसँग हजारौँ कविता सिर्जना गर्न सक्ने श्रोतहरू हुँदाहुँदै हामी पश्चिमेलि साहित्यको पछि लागि रहेको प्रशंग राख्दै आðनो कविता राखिन्

“तुसारोलाई त्यही ओझेल असाध्यै मन पर्छ
बेहुलाको पहिरनमा साँझपछि आकाशबाट झर्छ
बारीमा माटोको तह जुरुक्क उठाएर घर बनाउँछ
दुनियाँलाई के थाहा ?
त्यो घरभित्र कोसँग रातभरि ऊ
लुकामारी खेल्दैै बस्छ
जहाँँ सियाँल या ओझेल पर्ने ठाउँ छ
माथि पहाडको भित्तामा एउटा गाउँ छ ।”

पछिल्लो समय नेपाली साहित्यलाई अन्तरास्ट्रियकरण गर्न अंग्रेजी भाषामा समेत कविता अनुवाद गर्दै गरेको जानकारी दिईन् । अनुवाद गरिएको अंग्रेजी कवितासहित चाम्लिङ्ले दुईवटा कविता सुनाईन । पक्कै पनि हाम्रो नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नु पर्छ । लामो समयदेखी नमेटिएको भोक आज आएर मेटिएको झै भान भयो । मन प्रसन्न थियो । साहित्य र संगित एकअर्काका परिपुरक हुन् । त्यसैले हो बेलबारीका गायक सञ्जिव धिमालले दुईवटा गीत गाईरहँदा हलमा तालिको वर्षा आईरहयो । गीतले हलमा थप मनोरञ्जन प्रदान गर्यो ।

आðनो गाउँ ठाउँमा पहिलोपटक साहित्यिक कार्यक्रम भएकोले आयोजकप्रति भारी धन्यवाद दिदै केराबारी गा.पा वडा ७ का वडाअध्यक्ष नारायण चेम्जोङले थपे “आशा छ हाम्रो यस ठाउँका ढुङ्गा, माटो, वनजंगल पहाड, खोला नाला गोरेटोहरू समेटेर कविता गजल बन्नेछन् र बनाउनु पर्छ ।” यसका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रमुख अतिथी शान्ति भुजेल लिम्बुले मन्तव्यको क्रममा केराबारी गाउँपालिकाभरी रहेका पर्यटकिय क्षेत्रमा साहित्यिक गतिविधि भएमा खुल्ला हृदयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा सरकारको पालिकाबाट साहित्य क्षेत्रमा सकेसम्मको बजेट विनियोजित गर्ने बताए ।

कार्यक्रमको अन्त्यमा जेफाले साहित्य समाज र उत्तरी मोरङ साहित्य मञ्चका अध्यक्षद्वय हृदय लिम्बू, सन्देश तुम्वापोको हस्तवाहुलीबाट प्रमुख अतिथि र विशेष अतिथिलगायत विभिन्न संघसंस्थालाई आयोजकको तर्फबाट सम्झना स्वरुप मायाको चिनो हस्तान्तरण गरे । कार्यक्रमको बिट मार्दै आयोजक उत्तरी मोरङ साहित्यिक मञ्चका अध्यक्ष सन्देश तुम्बापो “कार्यक्रममा सहभागी सम्पूर्णलाई कक्फेवा तङ्नाम (माघे सक्रान्ति)को शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा साहित्य क्षेत्रमा सकेसम्मको साहित्यिक गतिविधीलाई निरन्तरता दिदै जाने बताए । कार्यक्रम सम्पन्नपश्चात सम्पूर्ण उपस्थित श्रष्टा तथा साहित्यपारखीहरू माझ फोटो सेसन भयो ।

यसरी कारोना कहरपछिको यति भव्य कार्यक्रममा आðनो उपस्थित जनाएर कार्यक्रममा प्रस्तुत भएका सिर्जनाहरू मनभरि खेलाउँदै उही कच्ची घुम्ती बाटो घरी दायाँ घरी बायाँ मोडिन्दै चिसो हावाका झोकाहरूसँग ठोकिन्दै लागियो आफ्नो गन्तव्य स्थान तिर लागियो उही पाटीगाउँ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

कुलुङ किन ‘राई !’ होइन ?

निनाम कुलुङ ‘मंगले’ हुन पनि हालसम्म कुलुङ जातिलाई नेपालका धेरै जसो जातजाति वा भनौं...

के हुन सक्ला लिम्बुवानको राजनीति ?

मलिसा याक्थुङ्बा लिम्बू संविधानतः सबैभन्दा पहिले ‘लिम्बुवान’ भन्ने प्रदेश स्थापनाका लागि नै कांग्रेस र...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘साहित्यमा आदिवासी सौन्दर्य लेख्ने मिसनमा छौं’

वर्तमान परिदृश्यमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको स्थापनाले के अर्थ राख्छ ? उत्तमकुमार सुनुवार, उपाध्यक्षः...

सुखान्त कथाले भरिएको उपन्यास ट्रान्जिट

सविता फागो चोङ्बाङ ‘ट्रान्जिट’को पाना पल्टाउनु अघि मैले सानो प्रसंग जोड्नैपर्छ । अनि मात्र...

‘नेतृत्व दाबीका लागि आत्मविश्वास दिलाउनु हाम्रो अभिभारा हो’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ स्थापनाको औचित्य के हो ?   राजन मुकारुङ, अध्यक्ष: ‘नेपाली समाजमा...

अमेरिकाको ५ सर्वश्रेष्ठ राज्यहरू

विरही काइँला संयुक्त राज्य अमेरिकामा पचास वटा राज्य, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्वशासित...

हाम्रो जनजीवनका कविताहरू ‘टेकेर गुराँसमाथि’

प्रकाश दिप्साली राई पछिल्लो समय हतुवागढीबाट एकपछि अर्को कविहरूको आगमनको क्रम जारी छ ।...