फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न पान्थरको साधुटार, लब्रेकुटी, पौवा, राके, इलामको आमचोकलगायत विभिन्न ठाउमा छायांकन भएको गीतमा पिआर्यन लिम्बू, सुस्मिता आङ्खेवा लिम्बू, सरु लुङ्फुङ्वा, आयाम थेगिम लगायतले अभिनय गरेका छन् ।
राकेश ओलिको संगीत, कृष्णभक्त राइको स्वर,नरेश राइको छायांकन, सन्दीप योङ्हाङ्को ब्यवस्थापन, बिष्णु लिम्बू र चन्द्रबहादुर लिम्बूको निर्माण रहेको छ भने उक्त गीत सागर केरुङ्ले निर्देशन गरेका हुन् ।
सञ्जय आचार्यले सम्पादन गर्ने उक्त गीत केहिदिनमै मेरिकल अनलाइन टिभी बाट सार्वजनिक हुने ब्यवस्थापक सन्दीपले बताए ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।