विनेसाम केन्द्र र यूके शाखाको संयुक्त सिर्जना वाचन - Naya Online

विनेसाम केन्द्र र यूके शाखाको संयुक्त सिर्जना वाचन

लन्डन(यूके), १५ फेब्रुअरी । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले यूके शाखासँग संयुक्त रूपमा साहित्यिक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

सिर्जना वाचन तथा विमर्शको नवौँ श्रङ्खलाअन्तर्गत केन्द्रले साउथ यूकेसँग स्रष्टा भेटघाट र सिर्जना प्रस्तुतिको कार्यक्रम राखेको हो । प्रत्येक महिनाको १५ तारिखमा हुने श्रङ्खलाअन्तर्गत सोमबार साउथ यूके शाखाआबद्ध स्रष्टाहरूसँग अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम गरिएको अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए । केन्द्र र शाखाबीच प्रगाढ सम्बन्ध स्थापना गर्दै साहित्यिक गतिविधिमा टेवा पु¥याउन नियमित संवादको श्रङ्खला ल्याइएको अध्यक्ष परदेशीले जनाए । उक्त कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरूको उपस्थिति रहेको महासचिव सुनिता राई कन्दङ्वाले जनाइन् ।

कार्यक्रममा केन्द्रबाट प्रा.डा. भीम खतिवडा(नेपाल), डा. मधु श्रेष्ठ(अमेरिका), सुरेन्द्र लिम्बु परदेशी(भारत), डा. लेखनाथ काफ्ले(ताइवान), सावित्रा लुइँटेल घिमिरे(इजरायल), सुनिता राई कन्दङ्वा (इजरायल), भुवन रोक्का(जापान), कल्पना पौडेल जिज्ञासु(नेपाल), डा. नाज सिंह(भारत), राहुल राई बोगिको(भारत)ले आफ्नो सिर्जना वाचन गरेका थिए । त्यस्तै, साउथ यूके शाखाबाट औतारी साइला, थिर थापा मगर, सेमन्त राई र अमित थेवेले कविता, मुक्तक र गीत सुनाएका थिए । वाचन गरिएका सिर्जनाहरू उपर केन्द्रीय सल्लाहकार समेत रहेका प्रा.डा. खतिवडा र उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेले समीक्षा गरेका थिए ।

नेपाली साहित्य र सँस्कृतिको विश्वव्यापी प्रचार गर्ने हिसाबले विनेसामको स्थापना १३ जुलाई २०१० मा भएको थियो । महासङ्घले २० वटा मुलुकहरूमा रहेको २८ वटा शाखा समितिहरूमार्पmत् आफ्नो संस्थागत गतिविधहरू अघि बढाइरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च...

‘हिन्दुधर्म नेपालीहरूको मौलिक पहिचान हैन, हिन्दु भन्ने बित्तिकै विदेशमा हिन्दुस्तानी सोँच्छन्’

भगवान चाम्लिङ राई कुवामा बसेर संसार परिवर्तन देख्न नसकेका प्लमस्ट्रिट यूकेस्थित कथित पशुपतिनाथका मूल...

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

कवि पराजित पोमुको संयोजकत्वमा जनजाति साहित्यकार महासंघ कोरिया गठन

प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी...

मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा

लन्डन, १९ फेब्रुअरी । आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने...