पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी - Naya Online

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार राम योङहाङको नेतृत्वमा सहभागी हुने भएको छ ।

प्रेस नेपाल जिल्ला समिति इलामको मंगलबार इलामको माङसेबुङमा बसेको बैठकले केन्द्रीय सदस्य योङहाङको नेतृत्वमा पत्रकार महासंघमा सहभागी हुने निर्णय गरेको हो । प्रेस नेपालले योङहाङलाई जिल्ला सचिव पदको उम्मेद्वार बनाउने निर्णय गरेको छ । अन्य पदमा भने आगामी बैठकले उम्मेद्वार चयन गर्ने प्रेस नेपाल इलामले जनाएको छ ।

इलामबाट संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक समेत रहेका योङहाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष एवम् शिक्षा पत्रकार समूह प्रदेश १ का सदस्य समेत हुन् । उनी काठमाडौंबाट प्रकाशित सौर्य राष्ट्रिय दैनिकका इलाम संवाददताका रुपमा समेत कार्यरत छन् ।

प्रेस नेपाल इलामका अध्यक्ष ज्ञानु केदेमको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यतामा बसेको बैठकले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्य संगठनसँग सहमति र सहकार्यका लागि ३ सदस्यीय संवाद समिति समेत गठन गरेको छ । समितिमा प्रेस नेपालका केन्द्रीय सदस्य राम योङहाङ, जिल्ला अध्यक्ष ज्ञानु केदेम र सहसचिव तारावीर लिम्बू रहेका छन् ।

त्यस्तै बैठकले मुलुकको संविधान एवम् नागरिक अधिकारलाई कुण्ठित गर्ने प्रधानमन्त्री केपी ओलीको पुस ५ को असंवैधानिक कमदमको विपक्षमा उभिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रेस नेपाल दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रेस नेपालका उपाध्यक्ष कमन देवानले नेपाल पत्रकार महासंघको सबै तहमा प्रेस नेपालले सशक्त हस्तक्षेप बढाउने गरि उम्मेद्वारी दिने बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउपालिकामा आठौ गाउँसभा सम्पन्न

कार्य सम्पादनको उच्च मुल्यांकनसहित कर्मचारीलाई सम्मान पदमसुखी सम्बाहाङ्फे पाँचथर, १९ फागुन । कुम्मायक गाउपालिकाको...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे...

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । लिम्बूले...

सर्वाेच्चद्वारा मुक्कुमलुङ संरक्षणार्थ परेको रिटमाथि कारण देखाउ आदेश जारी

काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र...

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई...

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन...

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल...