कांग्रेसको कार्यक्रममा सांघातिक आक्रमण गरेकोमा नेपाली जनसम्पर्क समितिको निन्दा - Naya Online

कांग्रेसको कार्यक्रममा सांघातिक आक्रमण गरेकोमा नेपाली जनसम्पर्क समितिको निन्दा

न्यूयोर्क, १७ फेव्रुवरी । संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध फागुन ४ मा बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको शान्तिपुर्ण विरोध कार्यक्रम भइरहेको वेलामा प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको सांघातिक आक्रमणको नेपाली जनसम्पर्क समिति अमेरिकाले भत्सर्ना गरेको छ ।

समितिका महासचिव मुनिन्द्र नेम्बाङद्वारा प्रेसित विज्ञप्तिअनुसार संविधानले प्रदत्त गरेको शान्तिपुर्ण नारा जुलुस, विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिले ठाडो र निर्मम प्रहार गरेको जनसम्पर्क समितिको आरोप छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई खोसेर लोकतन्त्रलाई नै मटियामेट पार्न खोज्ने सर्वसत्तावादी सत्तारूढ नेकपाको यस्ता उग्रवादी चरित्र र कदम निन्दनीय भएको जनसम्पर्क समितिले ठहर गरेको छ । संविधान र कानुनको धज्जी उडाउदै, शान्तिपुर्ण भइरहेको कार्यक्रमलाई जताभावी आक्रमण गरी बिथोल्न खोज्ने दोषीलाई अबिलम्ब पक्राउ गरी कार्वाही आव्हान गरेको छ ।

आक्रमणबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता एन.पी.साउद, युवा नेता शैलेश बिष्ट, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुमन केसी र नेविसंघका नेता मदन राज उपाध्याय घाइते भएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च...

‘हिन्दुधर्म नेपालीहरूको मौलिक पहिचान हैन, हिन्दु भन्ने बित्तिकै विदेशमा हिन्दुस्तानी सोँच्छन्’

भगवान चाम्लिङ राई कुवामा बसेर संसार परिवर्तन देख्न नसकेका प्लमस्ट्रिट यूकेस्थित कथित पशुपतिनाथका मूल...

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

कवि पराजित पोमुको संयोजकत्वमा जनजाति साहित्यकार महासंघ कोरिया गठन

प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी...

मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा

लन्डन, १९ फेब्रुअरी । आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने...