प्रकाश दिप्साली राई
नडाहा, ५ फागुन । गीतकार तथा पत्रकार सम्भु बाछ्ना राईको “हङकङ सहर……” बोलको गीत हिजोबाट श्रोतामाझ आएको छ ।
हिजो पुर्वाञ्चल म्युजिक युट्युब च्यानल र राङरिसा अनलाईन टिभि युट्युब च्यानल च्यानलबाट सो गीतको एकसाथ सार्वजनिक गरिएको हो । लामो समयदेखि लेखन र पत्रकारितामा बिताएका राईले यो गीत पुर्वेली लोकभाकामा तयार पारेका छन् । लोकभाकासँगसगै गीतमा माया पिरतीसमेत सम्योजन गरिएको छ ।
हतुवागढी–९ , हसनपुर भोजपुरका यी गीतकार हाल दुवईमा छन् । उनको यस अघि पनि ‘सानू तिम्रो सम्झनाले ’ गीत तथा फुटकर रचनाहरु बजारमा आइसकेका छन् ।
गीतमा रक्षक राई र यो समयकी लोकप्रिय गायिका सुनिता थेगिमले सुमधुर स्वर भरेका छन् भने सङ्गीत रक्षक राईकै रहेको छ । यस्तै गीतमा मोडल योगेन्द्र राई र अस्मिता राईले अभिनय गरेका छन् । अनिल राईले सम्पादन गरेको यो गीतमा एरेन्जको काम रुद्र श्रेष्ठले गरेका छन् । भिडियोलाई निर्देशन दिनेश माङ्मुले गरेका छन् ।
गीतबारे राई भन्छन् “परदेशी जीवनमा सिर्जना गर्न कठिन छ तर पनि गाउँबेशीको लोकलयले बेला बेला सताउछ र लेखी टोपलिन्छ । सिर्जना भैसकेपछि त्यसले मुर्त रुप लिदो रछ । यही क्रममा यो गीत पनि त्यसरी नै श्रोतामाझ आएको छ । सुनेर उचित प्रतिक्रिया दिन अनुरोध गर्दछु ।”
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।