काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र त्यसलाई अझै आधुनिकीकरण बनाएर विनास गर्न लागेकोमा सर्वोच्चमा रिट परेकामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरको छ ।
किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासीहरुको समानअधिकारसम्बन्धि वकिल समूह (लाहुर्निप) तथा लिम्बू समुदायका संस्थागत र व्यक्तिगत गरी १५० जनाले रिट हालेका थिए । याक्थुङ (लिम्बू) सयङ सहजीकरण, मुक्कुमलुङ संरक्षण संघर्ष समिति, धरान र पाँचथरका सांस्कृतिक अभियन्ताहरुमार्फत सर्वाेच्चमा रिट हाल्ने कार्य भएको हो ।
२०७७ फागुन ६ गते नेपाल सरकार मन्त्रिपरिषद, वन विभाग, फुङ्लिङ नगरपालिका, यति ग्रुप (यति होल्डिङ्स), संस्कृति मन्त्रालय, पाथिभरा क्षेत्र विकास समितिको नाममा पाथिभरामा केवलकार लगायत अन्य संरचना निर्माण गरेर याक्थुङ (लिम्बू) आदिवासीको मुन्धुम, परमपरा, सांस्कृतिक मर्मलाई आँच पुर्याउने कार्य भएको हो वा होईन भनेर सर्वाेच्चले कारण देखाउ आदेश जारी गरेको हो । अब रिटबारे अन्तरिम आदेशको लागि पक्ष र विपक्षिहरुबाट पेशी वहस हुनेछ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।