प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया “ गत मङ्सिर ९ गते गठन भएको छ ।
वरिष्ठ लेखक तथा साहित्यकार राजन मुकारुङले नेतृत्व गरेको नेपाल आदिवासी जनजाति साहित्यकार महासंघको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिण कोरिया’को गत आइतबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरुको भर्चुअल भेलाबाट पराजित पोमुको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
यसैगरी समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर रहेकाछन् भने सचिवमा शकुन आँशु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन छन् । सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई छन् । महासंघका केन्द्रीय संयोजक मुकारुङलगायतका अतिथिहरुको सहभागितामा जुम भेलाबाट उक्त समिति गठन गरिएको हो ।
आदिवासी जनजातिहरुको मौलिक सभ्यता निर्माण गर्न, आदिवासी सौन्दर्यमाथि दाबी गर्न साथै मौलिक दर्शन शास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेको महसुस गरि दक्षिण कोरियामा पनि यो महासंघको समिति गठन गरिएको संयोजक पराजित पोमु र सचिव शकुन आँशुद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।