पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन - Naya Online

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती साहित्यकार महासंघ नेपालको राज्य समिती तथा अन्तरास्ट्रिय समितिहरु बन्ने क्रम जारी छ। सोही सिलसिलामा गत फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन अन्तर्राष्ट्रिय समिति दक्षिण कोरियाका संयोजक पराजित पोमुको नेतृत्वमा १७ सदस्यीय “आदिबासी जनजाती महासंघ दक्षिण कोरिया” को तदर्थ समिती गठन गरिएको छ।

राज्यका तर्फबाट सदियौँदेखी भाषिक तथा साँस्कृतिक रुपमा दमन गरि आफ्ना मौलिक अस्तित्व र पहिचान समेत गुमाउने अवस्थामा पुर्‍याईएका आदिबासी जनजातिहरुको भाषा, संस्कृती, सभ्यता तथा मौखिक दर्शनशास्त्रहरुलाई बुझ्न, बुझाउन, छलफल र बहस गर्दै लिखित दस्तावेजमा संरक्षण गर्ने उद्धेश्य सहित केन्द्रिय महासंघ गठन गरिएको बताईएको छ। केन्द्रिय महासंघको सोही उद्धेश्य मातहतमा रहि आफ्ना गतिबिधिहरु संचालन गर्ने गरि अन्तर्राष्ट्रिय समिती कोरियाको गठन गरिएको जनाईएको छ।

 

Zoom meeting मार्फत सत्चालन गरिएको गठन कार्यक्रममा केन्द्रिय तदर्थ समितिका संयोजक राजन मुकारुङ्ग तथा अन्तर्राष्ट्रिय समिती बेलायतका संयोजक अमित थेवेको उपस्थिती रहेको थियो।

 

कवि पराजित पोमुको नेतृत्व रहेको समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर छन् भने सचिवमा शकुन आँशु, सहसचिवमा सोनाम दोङ्बा ह्योल्मो, एइडेन छन्त्याल र कोषाध्यक्षमा समीप खेम पुन छन् । सदस्यहरुमा बाला थुलुङ, सेसेफुङ शेर्मा, उत्तम खजुम, दिलिप बान्तावा, सुस्मा रानाहँछा, सुनिल दिप्त राई, सर्जन सुब्बा, राधुङ छा, गनिन्द्र विवश र दीपा मेवाहाङ राई रहेको कुरा संयोजक पोमु तथा सचिब शकुन आँशुद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ। बिज्ञप्तिमा भनिएको छ, “आदिवासी जनजातिहरुको मौलिक सभ्यता निर्माण गर्न, आदिवासी सौन्दर्यमाथि दाबी गर्न साथै मौलिक दर्शन शास्त्रको निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले दक्षिण कोरियामा पनि महासंघको समिति गठन गरिएको छ।”

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...