काठमाडौं, ११ फागुन ।
तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरिङ
गाउँपालिका– १ पुट्टार बस्ने ३१ वर्षीय बोम बहादुर दरैलाई प्रहरीले आइतबार राति पक्राउ
गरेको छ । दरैले ती बालिकालाई घर नजिकैको ट्वाइलेटमा जबरजस्ती करणी गरेको भन्ने खबर
प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौतारा र प्रहरी चौकी पुट्टारबाट संयुक्त रुपमा
खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बाँके, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी
गाउँपालिका– १ बस्ने २२ बर्षीय सुरेश कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । कुमालले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय
कुसुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भोजपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर
नगरपालिका–६ भङ्गेरी बस्ने ४७ बर्षीय धन बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । बिकले ती महिलालाई भङ्गेरीस्थित बुरेणीथान जङ्गलमा शनिबार जबरजस्ती
करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले
पक्राउ गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।