काठमाडौं, ११ फागुन ।
काठमाडौं महानगरपालिका–३२ स्थित पेप्सीकोला रुक्मणी मार्वल अगाडि बा.३ ख
९६६१ नम्बरको बसले सोमबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने खोटाङ दिक्तेल
मझुवागढी नगरपालिका – १ घर भएका ७४ वर्षीय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा
मृत्यु भएको हो । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्वत, जलजला गाउँपालिका–८ खनियाघाटस्थित सडकमा ध.१ प ८९५८ नम्बरको
मोटरसाइकल सोमबार बिहान अनियन्त्रीत भई सडकबाट करिब २२ मिटर खोंचमा खसेर
दुर्घटना हुँदा बाग्लुङ, बाग्लुङ नगरपालिका–२ आवा रोड बस्ने ३७ वर्षीय बाबुराम केसीको मृत्यु
भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा
उपचारको क्रममा मृत्यु भएको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।