काठमाडौं, ११ फागुन ।
काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका
करिब ४० वर्षीय पुरुष सोमबार मृत अबस्थामा फेला परेका छन् ।
गोरखा, सुलिकोट गाउँपालिका–१ बारपाक बस्ने ८४ वर्षीय लिल बहादुर गुरुङ, १४
वर्षीया उषा गुरुङ र २१ वर्षीया आईत कुमारी गुरुङ आफ्नै घरमा सोमबार मृत अवस्थामा
फेला परेका छन् ।
सिरहा, कल्याणपुर नगरपालिका–७ भेडियास्थित इन्द्रजित यादवको खेतको परालको
थुप्रोमाथि हाल, नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा
फेला परेका छन् ।
सुर्खेत, बराहताल गाउँपालिका–४ भाडेस्थित जंगलको खोल्सामा हाल, नाम, थर, वतन
नखुलेका करिब ४० वर्षीय जस्तो देखिने पुरूषको शव सडीगलेको अवस्थामा सोमबार फेला
परेको छ ।
ईलाम, रोङ गाउँपालिका–४ भालुझोडा बस्ने ५८ वर्षीय हर्क बहादुर योक्पाङदेन घरदेखि
करिब ७ सय मिटर पर बाटोमा आइतबार मृत अवस्थामा फेला फरेका छन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।