काठमाडौँ, ११ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई महिनादेखि रक्तपातहीन युद्धमा रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथि प्रहार र संघीय लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त पार्ने कदमका विरुद्ध आफूहरु शान्तिपूर्ण र रक्तपातहीन युद्धमा लाग्नुपरेको बताउनुभएको हो ।
‘अहिले हामी गएको पुस ५ देखि अर्को युद्धमा छौँ । जव संसदलाई संविधानको मर्म र भावनाविपरित विघटन गरियो ।, उहाँलैश भन्नुभयो, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरियो त्यसका विरुद्ध युद्धमा छौँ, तर रक्तपातहीन र शान्तिपुर्ण युद्धमा ।,
अध्यक्ष प्रचण्डले उनले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दाको फैसला आउने अन्तिम चरणमा रहेको भन्नुहुदै संसद पुनःस्थापना हुन्छ भन्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।