‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’को तयारी तिब्र - Naya Online

‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’को तयारी तिब्र

काठमाडौं १५ फागुन । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा सम्पन्न हुने १० औं संस्करणको ‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’ भब्य र सभ्य रुपले हुने आयोजकले जनाएको छ । इभेन्ट निर्देशक कमल जिसीले सो कुराको दावी गरेका हुन् ।

उनका अनुसार कार्यक्रमको उद्घोषणको लागि आफ्नो बिधामा उत्कृष्ट पहिचान बनाइसकेका सन्दिप क्षेत्री, माल्भिका सुब्बा, सञ्जोक बस्याल तय भैसकेको छ भने कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुले नाचघरमा रिहर्लसल सुरु गरिसकेका छन् । कार्यक्रमको कोरियोग्राफी नरेशविर सिंह लगायतले गर्नेछन् ।

कार्यक्रममा महानायक राजेश हमालको विशेष प्रस्तुति रहने छ भने साथमा सोभित बस्नेत, सुरक्षा पन्त, सलोन बस्नेत, जेबिका कार्की, लगायत दर्जन चर्चित कलाकारहरुले विशेष प्रस्तुति दिने आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक तथा नेफ्टा अवार्डका इभेन्ट निर्देशक कमल जिसीका अनुसार यही फागुन २९ गते शनिवार आयोजना हुने नेपाली फिल्म क्षेत्रको महत्वपुर्ण अवार्ड समारोहको तयारी तिब्र बनाईको छ । अवार्ड समारोह सोल्टि होटलमा सम्पन्न हुनेछ ।
गत फागुन १ गते सोल्टी होटलमा आयोजित एक विशेष समारोहमा यो वर्षको नेफ्टा अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्दै मनोनयनको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं, २९ चैत । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना...

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

ललितपुर, २३ चैत । नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका...

माया लाउन भन्दै आए कुशल थलङ

ललितपुर, २३ चैत । गायक कुशल थलङले आफ्नो साथ एल्बमको गीत ‘माया लाउन’ लाई...

हाङ चेम्जोङले ल्याए ‘शायद तिम्रो मेरो माया बस्यो कि ?’

ललितपुर, २२ चैत । लामो समय कोरियामा रहेर नेपाली म्यूजिक भिडियो निर्देशन गर्दै आएका...

गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक

काठमाडौँ, २१ चैत। दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ शनिबार सार्वजनिक भएको छ...

दर्शनाको मर्मस्पर्शी गीत ए साथी सार्वजनिक

काठमाडौ २१ चैत्र । पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक...

चलचित्र रीतको शुभमुहर्त

काठमाडौ २१ चैत्र । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको अर्को चलचित्र रीतको शुभमुहुर्त...

रुपकुमारको ‘सुनैको शिर फुल…’ सार्वजनिक

काठमाडौ २१ चैत्र । नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक...

दिनेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको ‘हत्ते नहाल’ सार्वजनिक

काठमाडौं २० चैत्र । लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २० चैत । हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...