काठमाडौं, १६ फागुन । रचनाकार तथा कलाकार रोहित मादेनले पाःलाम ल्याएका छन् ।
इन्द्रसुशिल चोङ्बाङ र सिर्जना जबेगुको स्वरमा रेकर्ड भएको मिक्लारेन् कोम्हा? पाःलामलाई रोहितले भिडियो निर्माण तथा अभिनय गरेका हुन् । रोहितलाई कलाकार लक्ष्मी योङ्हाङले साथ दिएकी छन् ।
राजु आङ्देम्बेको लयसंकलन रहेको पाःलामलाई पदमराजन मगरले एरेन्ज गरेका हुन् । भिडियोको छायांकन र सम्पादन कृष्ण थलङले गरेका हुन् । सुनिता किरातीको श्रृङ्गार, संगीत आङ्खेवाको निर्देशन रहेको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।