काठमाडौं, १६ फागुन । शान्ता केरुङको रचना र लयमा नयाँ पाःलाम ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक भएको छ । पाःलामलाई दुर्गा इङ्नाम र शिवकुमार सम्बाहाम्फले स्वर दिएका छन् भने जीवन केदेम र शान्ता केरुङले गाउन सहयोग गरेका छन् ।
भिडियोमा शान्ता केरुङ, जीवन केदेम, हिमाल केरुङ मिराक, एलबी लिम्बू, दुर्गा इङ्नाम, बालकुमार केदेम, गणेशमान वनेम, चन्द्रकला इङ्नाम, दिलकुमारी इङ्नाम, आशा इङ्नाम, इन्द्रकला इङ्नाम छन् ।
छायांकन तथा सम्पादन चन्द्र लिम्बू फोम्बोले गरेका हुन् भने निर्देशन जीवन केदेमले गरेका हुन् ।
गीत रीता फोम्बो ठूलीको च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।