जसको विरुद्ध लड्ने उसैलाई मन्त्रालय मागेर खाँदा हामी बिग्रेका हौं - उपेन्द्र यादव - Naya Online

जसको विरुद्ध लड्ने उसैलाई मन्त्रालय मागेर खाँदा हामी बिग्रेका हौं – उपेन्द्र यादव


काठमाडौ, १७ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले जसको विरुद्ध लडाई लड्ने र त्यसै शक्तिसँग मागेर खाने प्रवृतिले शक्ति खस्कदै गएको औंल्याएका छन् । सोमबार जनता समाजवादी पार्टी, नेपालको प्रचार विभागद्वारा आयोजित प्रचार रणनीति तथा प्रशिक्षण कार्यक्रममा सो कुरा बताएका हुन् ।

प्रशिक्षण कै क्रममा मुलुकमा त्रीकोणात्मक शक्ति रहेको र काङ्ग्रेस र कम्युनिस्टपछि जनता समाजवादी पार्टी तेश्रो शक्तिको रूपमा रहेको बताएका छन् ।

संघीय गणतन्त्र दुई शक्तिले चाहदै नचाहेकोले विभिन्न खालका प्रोपोगन्डा बनाईरहेको तथ्य यादवले बताए ।

कार्यक्रममा प्रेस नेपालका अध्यक्ष केशव अर्यालले नेपाल पत्रकार महासंघ र रेडियो प्रशारक संघ (एक्योर्‍याव) को चुनाव आइरहेको बेला यो कार्यक्रमले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । प्रेस संगठनतर्फ पार्टी उदासिन भएको पनि अर्यालले औल्याएका थिए ।

कार्यक्रम दुई दिनसम्म चल्ने र पार्टीको सुचना, संचार, प्रकाशन तथा प्रचार विभागको अवधारणामाथी छलफल हुने प्रचार विभागका प्रमुख डम्मर खतिवडाले जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

कुलुङ किन ‘राई !’ होइन ?

निनाम कुलुङ ‘मंगले’ हुन पनि हालसम्म कुलुङ जातिलाई नेपालका धेरै जसो जातजाति वा भनौं...

के हुन सक्ला लिम्बुवानको राजनीति ?

मलिसा याक्थुङ्बा लिम्बू संविधानतः सबैभन्दा पहिले ‘लिम्बुवान’ भन्ने प्रदेश स्थापनाका लागि नै कांग्रेस र...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘साहित्यमा आदिवासी सौन्दर्य लेख्ने मिसनमा छौं’

वर्तमान परिदृश्यमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको स्थापनाले के अर्थ राख्छ ? उत्तमकुमार सुनुवार, उपाध्यक्षः...

सुखान्त कथाले भरिएको उपन्यास ट्रान्जिट

सविता फागो चोङ्बाङ ‘ट्रान्जिट’को पाना पल्टाउनु अघि मैले सानो प्रसंग जोड्नैपर्छ । अनि मात्र...

‘नेतृत्व दाबीका लागि आत्मविश्वास दिलाउनु हाम्रो अभिभारा हो’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ स्थापनाको औचित्य के हो ?   राजन मुकारुङ, अध्यक्ष: ‘नेपाली समाजमा...

अमेरिकाको ५ सर्वश्रेष्ठ राज्यहरू

विरही काइँला संयुक्त राज्य अमेरिकामा पचास वटा राज्य, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्वशासित...

हाम्रो जनजीवनका कविताहरू ‘टेकेर गुराँसमाथि’

प्रकाश दिप्साली राई पछिल्लो समय हतुवागढीबाट एकपछि अर्को कविहरूको आगमनको क्रम जारी छ ।...