गोरु काटेको आरोपमा पक्राउ परेकालाई रिहा गर्न तामाङसालिङ मञ्चको माग - Naya Online

गोरु काटेको आरोपमा पक्राउ परेकालाई रिहा गर्न तामाङसालिङ मञ्चको माग

काठमाडौं, १७ फागुन ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय तामाङसालिङ मञ्चले गोरु काटेको आरोपमा पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेको छ । मञ्चले पक्राउ परेका व्यक्तिहरु निर्दोष भएको भन्दै आपत्ति र विरोध सहित उनीहरुको रिहाको माग गरेको हो ।

‘पक्राउ परेका व्यक्तिहरु निर्दोष छन् र निर्दोष व्यक्तिहरुलाई पक्राउ गरिएको घटना प्रति यस संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च – संघीय तामाङसालिङ मञ्च ,नेपाल घोर आपत्ति र विरोध गर्दछ र पक्राउ गरिएका निर्दोष व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न प्रशासनसँग जोडदार माग गर्दछौँ ।’ विज्ञप्तिमा लेखिएको छ, ‘उक्त निर्दोष व्यक्तिहरुलाई तुरुन्त रिहा गरियोस ,यदि निर्दोष व्यक्तिहरुलाई रिहा नगरिएमा यस संघीय तामाङसालिङ मञ्च,नेपालले राजनैतिक आन्दोलन अघि बढाउने जानकारी गराउँदछौँ ।’

गोरुकाटेको आरोपमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाबाट फाल्गुन ७ गते डम्बर तामाङ, सुजन तामाङ र जयराम तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

विज्ञप्ति पढ्नुहोस् :

प्रेस – विज्ञप्ति मिति – २०७७ ÷ ११ ÷ १७
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गा .पा .मा गोरुकाटेको आरोपमा पक्राउ परेका व्यक्तिहरुलाई तुरुन्त रिहा गर ।
उपरोक्त सम्बन्धमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिकामा गोरु काटेको आरोपमा यहि फाल्गुन ७ गते देहायका निर्दोष व्यक्तिहरुलाई प्रसासनले पक्राउ गरेको छ , पक्राउ परेका व्यक्तिहरु निर्दोष छन् र निर्दोष व्यक्तिहरुलाई पक्राउ गरिएको घटना प्रति यस संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च – संघीय तामाङसालिङ मञ्च ,नेपाल घोर आपत्ति र विरोध गर्दछ र पक्राउ गरिएका निर्दोष व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न प्रसासनसँग जोडदार माग गर्दछौँ ।

पक्राउ गरिएका निर्दोष व्यक्तिहरु :

१ ,डम्बर तामाङ बर्ष ३२ –इन्द्रावती गा पा २ भोर्ले
२ ,सुजन तामाङ बर्ष १७ – इन्द्रावती गा पा २ भोर्ले
३ ,जयराम तामाङ बर्ष २० – इन्द्रावती गा पा ६ बाडेगाउ

उपर्युक्त निर्दोष व्यक्तिहरुलाई तुरुन्त रिहा गरियोस ,यदि निर्दोष व्यक्तिहरुलाई रिहा नगरिएमा यस संघीय तामाङसालिङ मञ्च,नेपालले राजनैतिक आन्दोलन अघि बढाउने जानकारी गराउँदछौँ ।
जय तामाङसालिङ प्रान्त ,जय १० +१ प्रान्त ्र
मिङमार लामा
प्रान्तिय अध्यक्ष ,संघीय तामाङसालिङ मञ्च ,नेपाल प्रान्तिय कार्य समिति ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

अमेरिकाको होपी जनजाति

विरही काइँला होपी सुन्दरी १ फरवरी २०२० सम्मको संयुक्त राज्य अमेरिकाको संघीय मान्यता प्राप्त...

कुलुङ किन ‘राई !’ होइन ?

निनाम कुलुङ ‘मंगले’ हुन पनि हालसम्म कुलुङ जातिलाई नेपालका धेरै जसो जातजाति वा भनौं...

के हुन सक्ला लिम्बुवानको राजनीति ?

मलिसा याक्थुङ्बा लिम्बू संविधानतः सबैभन्दा पहिले ‘लिम्बुवान’ भन्ने प्रदेश स्थापनाका लागि नै कांग्रेस र...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘साहित्यमा आदिवासी सौन्दर्य लेख्ने मिसनमा छौं’

वर्तमान परिदृश्यमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको स्थापनाले के अर्थ राख्छ ? उत्तमकुमार सुनुवार, उपाध्यक्षः...

सुखान्त कथाले भरिएको उपन्यास ट्रान्जिट

सविता फागो चोङ्बाङ ‘ट्रान्जिट’को पाना पल्टाउनु अघि मैले सानो प्रसंग जोड्नैपर्छ । अनि मात्र...

‘नेतृत्व दाबीका लागि आत्मविश्वास दिलाउनु हाम्रो अभिभारा हो’

आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ स्थापनाको औचित्य के हो ?   राजन मुकारुङ, अध्यक्ष: ‘नेपाली समाजमा...

अमेरिकाको ५ सर्वश्रेष्ठ राज्यहरू

विरही काइँला संयुक्त राज्य अमेरिकामा पचास वटा राज्य, एउटा संघीय जिल्ला, पाँच प्रमुख स्वशासित...

हाम्रो जनजीवनका कविताहरू ‘टेकेर गुराँसमाथि’

प्रकाश दिप्साली राई पछिल्लो समय हतुवागढीबाट एकपछि अर्को कविहरूको आगमनको क्रम जारी छ ।...