झापामा छोटा चलचित्रहरू बन्दै - Naya Online

झापामा छोटा चलचित्रहरू बन्दै

मोरङ, १९ फागनु । कोरोना भाइरस कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र उद्योगहरू चलायमान हुन थालेको छ ।

देशभर साना तथा ठुला पर्दाका चलचित्रहरू धमाधम बन्न थालेसँगै नेपालको पुर्वी जिल्ला झापामा पनि यसको प्रभाव परेको छ ।

नेपाली कथानक चलचित्र खतरनाक क्यारेङ ग्याङ, कृष्णलीला जस्ता ठुला पर्दाका चलचित्रहरूको छायांङ्कन सकिए पछि अन्य साना तथा ठुला पर्दाका म्युजिक भिडियो, हाँस्य टेलिसिरीयल साथै छोटा चलचित्रहरू तिब्र गतीमा निर्माण भईरहेका छन् ।

अहिले झापाका विभिन्न स्थानमा निर्देशक हिमाली लिङदेन र सहनिर्देशक अनुराग कट्टेलद्वारा निर्देशित ‘सुलसुल’र ‘जो हास्छ ऊ धेरै बाँच्छ’ नामक नेपाली कथानक हास्य टेलीसिरीयलको छायांकन भईरहेको छ ।

एच पि इन्टरटेनमेन्टबाट हरेक शुक्रबार ‘सुलुसुले’ र शनिबार ‘जो हाँस्छ ऊ धेरै बाँच्छ’ प्रसारण हुने निर्देशक लिङदेनले बताइन् ।

तिलक रिजालको सम्पादन, बिरु गुरुङको लेखन, विकास चौधरीको संगीत तथा हरिउप्रेतीद्वारा स्वरांकित यो टेलिसिरीयलमा कलाकारहरू विक्रम कुमार दाहाल, केशव निरौला (जुँगे), विक्रम धिमाल, तिलक रिजाल, निशा आचार्य, मनिषा विक, पार्वती तामाङ, भूपेन्द्र लिङदेन (मन्त्री), गजेन्द्र तामाङ, इमेन्जेलिना तामाङ र बियल राई (चुँण्डीलाल)लगायत रहेका छन् ।

राधिका उप्रेतिले निर्मीत उक्त टेलीसिरीयलमा समाजमा भएका घटनाहरूलाई हाँस्यव्याँङग्यको माध्यमबाट टेलीसिरीयलमार्फत देखाउन खोजिएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विवेक र रचनाको स्वरमा ‘बैना’ सार्वजनीक (भिडियो)

काठमाडौं, २९ चैत । पछिल्लो समयमा चर्चामा रहेका गायक विवेक चौलागाई र गायिका रचना...

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

ललितपुर, २३ चैत । नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका...

माया लाउन भन्दै आए कुशल थलङ

ललितपुर, २३ चैत । गायक कुशल थलङले आफ्नो साथ एल्बमको गीत ‘माया लाउन’ लाई...

हाङ चेम्जोङले ल्याए ‘शायद तिम्रो मेरो माया बस्यो कि ?’

ललितपुर, २२ चैत । लामो समय कोरियामा रहेर नेपाली म्यूजिक भिडियो निर्देशन गर्दै आएका...

गीतिएल्बम ‘सेवान्ने’ सार्वजनिक

काठमाडौँ, २१ चैत। दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतिएल्बम ‘सेवान्ने’ शनिबार सार्वजनिक भएको छ...

दर्शनाको मर्मस्पर्शी गीत ए साथी सार्वजनिक

काठमाडौ २१ चैत्र । पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा आफ्नो पृथक...

चलचित्र रीतको शुभमुहर्त

काठमाडौ २१ चैत्र । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको अर्को चलचित्र रीतको शुभमुहुर्त...

रुपकुमारको ‘सुनैको शिर फुल…’ सार्वजनिक

काठमाडौ २१ चैत्र । नेपाली गीत, संगीतको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक...

दिनेश थापा र अञ्जली अधिकारीको अभिनय रहेको ‘हत्ते नहाल’ सार्वजनिक

काठमाडौं २० चैत्र । लोकप्रिय गायक तथा मोडल दिनेश थापा, लोकप्रिय गायिका भावना आचार्य...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २० चैत । हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...