सवारी दुर्घटनामा ३ जनाको मृत्यु - Naya Online

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १९ फागुन ।

सप्तरी, खडक नगरपालिका–४ बनरझुलास्थित सडकमा स.१ क २४३ नम्बरको बसले स.७ प ५३२४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका–८ बस्ने ६० वर्षीय सकिल रहमानको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको नर्सिङगहोम लहान सिरहा हुँदै बिराट नरसिंह होम बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, शहिदनगर नगरपालिका–३ झण्डा चोकमा प्र.२–०२–००३ प ६१७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ हट्टिपुर बस्ने २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ललितपुर, ललितपुर महानगरपालिका–४ बागडोलस्थित सडकमा स.१ ज ५६७ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक, सिन्धुपाल्चोक गाउँपालिका–२ लाटु घर भएकी १९ वर्षीया अन्जु दाहालको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सुनसरीमा साईकल चोरी गर्ने एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । सुनसरी ईनरुवा नगरपालिका २ का ५० वर्षीय अश्रुधिन मियालाई साईकल...

बिर्तामोडमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । झापा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व–पश्चिम राजमार्गमा आज बिहान...

लागूऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

काठमाडौं, २९ चैत्र । उदयपुर त्रियुगा नगरपालिका ११ का ३० वर्षीय गोकर्ण कार्कीलाई लागूऔषध...

इटहरीमा ट्रिफरको ठक्करबाट एक जनाको मृत्यु

सुनसरी, २९ चैत्र । सुनसरी ईटहरी १ आँपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा...

नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४

तिलोत्तोमा, २९ चैत । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल...

जातीय दुव्र्यवहार गर्दै निर्घात कुटपिट गर्दा एक दलितको मृत्यु

काठमाडौं, २८ चैत । जातीय दुव्र्यवहार गर्दै एक गैह्रदलितले निर्घात कुटपिट गर्दा एक दलितको...

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी, २८ चैत्र । सुनसरी धरान ११ का २२ वर्षीय पवन राईलाई लागुऔषध सहित...

झापामा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

झापा, २८ चैत्र । झापा बुद्धशान्ति गाउँपालिका ३ सात नम्बर चौक स्थित मेची हाईवेमा...

स्काईभेटरको बकेटले लागेर अप्रेटरको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर...

मोरङमा ढुंगाले किचेर एक जनाको मृत्यु

मोरङ, २८ चैत्र । मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ वर्षीया कुमारी लिम्बूको...