काठमाडौं, १९ फागुन। सल्यान, छ्त्रेश्वरी गाउँपालिका–४ घरेलुडाँडास्थित दोब्रा खोला सामुदायिक वनमा मंगलबार बिहान आगलागी हुँदा नजिकै रहेका छत्रश्वरी गाउँपालिका–४ घरेलुडाँडा बस्ने मोहनलाल शर्मा समेत ३ जनाको घर जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ ।
रोल्पा, थवाङ गाउँपालिका–१ झकिवाङमा रोकी राखेको खाम विल्डर्स एण्ड सप्लार्यस प्रालिको रा.१ क ९०६ नम्बरको जेसीबीमा मंगलबार राति आगलागी हुँदा जेसीबी पूर्णरुपमा जलेर नष्ट भएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।