रौतहट, १९ फागुन ।
राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० एम्पुल फेनारगन, १ सय ८० एम्पुल नोर्फिन, १ सय २० एम्पुल डाईजेल्याप र ६० एम्पुल डाईजेपाम सहित भारत सितामडी वैरगैनिया भकुरहर बस्ने २ जना १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी वेलविछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।