कुम्मायक गाउपालिकामा आठौ गाउँसभा सम्पन्न - Naya Online

कुम्मायक गाउपालिकामा आठौ गाउँसभा सम्पन्न

कार्य सम्पादनको उच्च मुल्यांकनसहित कर्मचारीलाई सम्मान

पदमसुखी सम्बाहाङ्फे
पाँचथर, १९ फागुन । कुम्मायक गाउपालिकाको केन्द्र यासोकको जनभवनमा गाउँ कार्यपालिकाको आठौं गाउँ सभा बुधबार सम्पन्न भएको छ ।

१ नं. प्रदेशसभा सदस्य माननीय आशारत्न जबेगुको उपस्थितिमा सम्पन्न सभामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष राजकुमार भण्डारी र जिल्ला समन्वय समितिका सदस्य मनमाया लावतीको पनि उपस्थिति रहेको थियो । उक्त हिउँदे सभामा गाउँपालिका भित्र नजिर रहेका पूर्वाधार तथा विकास निर्माणका योजनाहरुको रणनीति र भावी कार्यदिशा प्रति दूरगामी सोच र वैज्ञानिक ढंगबाट कार्य सम्पादन गर्न जोड दिइएको थियो । गाउँपालिकामा कृषि स्वास्थ्य र शिक्षा तर्फ भरपुर ध्यान पुगे पनि वास्तविक सुकुम्बासी समस्या समाधान र युवालाई रोजगारीको अवसर श्रीजना गरेर नागरिक जनजीवन उकास्न जनप्रतिनिधि र कर्मचारीलाई सुझाइएको थियो ।

समारोहमा सर्वोकृष्ट कर्मचारी पुरस्कार गजेन्द्र कार्कीलाई र उत्कृष्ट कर्मचारी पुरस्कार, असिस्टेन्ट सवइन्जिनियर फगेन्द्र सम्बाहाम्फे र वडा नम्बर २ का वडा सचिव बिनोद कार्कीलाई कुशल कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै कदर पत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

यसैगरि गाउँपालिका सेवा पुरस्कारबाट अहेव गङ्गामाया लिम्बु र कार्यलय सुचिकार हेम बहादुर कामीलाई पनि नगद तथा सम्मान पत्र दिइएको थियो भने पूर्व शिक्षा शाखा प्रमुख एगेन्द्र खड्का र पुर्व शिक्षा समिति सदस्य मदन बोहोरालाइ पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

कोभिड १९ को सङ्क्रमणकालिन अवस्थामा कुम्मायक गाउँपालिकालाई नगद तथा जिन्सी सहयोग पुर्याउनु हुने उद्योग बाणिज्य संघ फिदिम, नेपाल रेडक्रस सोसाइटी पाचथर, मिलन केन्द्र नेपाल, महिला शक्ति विकास केन्द्र, सहारा नेपाल, अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठान, करुणा फाउन्डेसन र वानहर्ट नेपाल संस्था तथा ब्यक्तिहरुलाई पनि सम्मान एवं कदरपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्द मेहत्ता प्रशासकीय अधिकृत देवेन्द्र कटुवाल तथा गाउँसभा सदस्यहरू, विभिन्न राजनितीक दलका प्रतिनिधि जसपा कुम्मायकका टिएन सम्बाहाम्फे, नेपाली काङ्ग्रेस कुम्मायक सभापति तुलसी निरौला, राप्रपा कुम्मायकका संयोजक जगतजङ लावती, नेपाल कम्युनिस्ट पार्टी नेकपा कुम्मायक इन्चार्ज राजकुमार श्रेष्ठलगायत पाँचवटै वडाका वडाअध्यक्ष तथा सदस्यहरु संघ संस्थाका प्रतिनिधि स्थानीय बुद्धिजीवी सञ्चारकर्मी, सुरक्षाकर्मी र सम्पुर्ण पालिका कर्मचारीको उपस्थिति रहेकोे थियो ।

कार्यक्रम गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा ज्ञापनपत्र

ताप्लेजुङ, २६ चैत । प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङस्थीत मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा प्रधानमन्त्री...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘मुक्कुम्लुङ् संरक्षण’ बारे फिदिममा छलफल

१८ चैत,फिदिम ताप्लेजुङस्थित मुक्कुम्लुङमा लाई पाथीभरा नामांकरण गरिएकोमा सम्पुर्ण लिम्बुहरुले आपत्ति जनाउदै आएका छन...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

सरकारप्रतिको समर्थन चाँडै फिर्ता लिन्छौँ : प्रचण्ड

काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन...

जेफाले सिर्जना डबलीको २९ औ शृङ्खला केराबारिको रंगशालाबाट

मोरङ,केराबारी । पूर्वको सुन्दर केराबारी अवस्थित नवनिर्मित रंगशालामा आज जेफाले सिर्जना डबलीको २९ अौ...

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै...

कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा

काठमाडौ । श्रद्धाञ्जलीका लागि कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा राखिएको...