मिस फेस अफ नेपाल–२०२१ हुँदै - Naya Online

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ । यसका लागि आवेदन खुला गरिएको छ । अधिरा फिल्मस् प्रालिको आयोजनामा हुने यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको हुने बताइएको छ ।

शुक्रबार ललितपुरको कुमारीपाटीस्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमा मिस फेस अफ नेपालबारे जानकारी दिइएको हो ।

‘मिस फेस अफ नेपाल अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पुर्याउनेछौं’, आयोजक तथा कोरियोग्राफर सपना राईले जानकारी गराइन् ।

टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिनेछ भने फस्ट रनरअपलाई नगद पच्चिस हजार र सिल्भर क्राउनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु सेकेन्ड रनर अपलाई पन्ध्र हजार, सिल्भर क्राउन र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी सबैलाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिने छ । सहभागिताका लागि उमेर १६ देखि २५ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसइई भन्दामाथि हुनुपर्ने जनाएको छ ।

चैत १५ गते पहिलो अडिसन हुने र चैत २५ गतेबाट तालिम शुरु हुने भएको छ । ग्रान्ड फिनाले २०७८ वैशाख २५ गते राष्ट्रिय नाचघरमा हुने पनि आयोजकले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ...

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ...

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना...

बागबजारमा खुल्यो आधुनिक शलुन

काठमाडौ २९ फागुन । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने...

आरबी योङ्हाङको ‘आमाको माया’ छायांकन सम्पन्न

फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन...

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का...