विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै - Naya Online

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र अर्थ आवरको अवसरमा वृहत इको गीत तथा साहित्य सिर्जना वाचन कार्यक्रम गर्ने भएको छ । महासङ्घले पाँचौ स्थापना दिवसका अवसरमा वातावरण साहित्यलाई प्रबद्र्धन गर्न इको गीत सिर्जना वाचन कार्यक्रम राखेको हो ।

साहित्यमा पर्यायवरणको मुद्दालाई प्राथमिकतामा राख्न विनेसाम यूकेले अर्थ आवर दिवसका दिन इको गीत वाचन तथा गायन कार्यक्रम राखेको अध्यक्ष विजय हितानले जानकारी दिए । ‘अर्थ आवर र पाँचौ स्थापना दिवसका दिन साहित्यकारहरू भेला भएर इको गीतहरू प्रस्तुत गर्दैछन्,’ उनले भने, ‘अहिलेसम्म अढाई दर्जन बढी सर्जकहरू सहभागी हुने तय भइसकेको छ ।’ कार्यक्रममा वातावरण संरक्षणको विषयवस्तु बनाएर लेखिएका गीतहरूसँगै अन्य सिर्जनाहरू पनि सामेल हुने उनले बताए । अध्यक्ष हितानका अनुसार कार्यक्रममा विनेसामबाहेका यूकेका आधा दर्जन बढी साहित्यिक संस्थाहरू पनि सहभागी हुँदै छन् । कार्यक्रम महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यमा हुनेछ ।

विनेसाम साउथ यूकेको स्थापना अर्थ आवरका अवसरमा सन् २०१६ मा आसफोर्डमा भएको थियो । वातावरणविद् समेत रहेका साहित्यकार हितानको पहलमा यूकेमा सन् २००९ देखि अर्थ आवर मनाउँदै आएको सचिव अमित थेवेले जनाए । अर्थ आवर विश्व प्रकृति संरक्षण कोष(डब्लूडब्लूएफ)को पहलमा सुरु भएको विश्वव्यापी वातावरण संरक्षणकारी अभियान हो । जुन अष्ट्रेलियाको सिड्नी सहरबाट सुरु भएको थियो । अर्थ आवर प्रत्येक वर्षको मार्च महिनाको अन्त्यमा मनाइन्छ ।

जलवायु परिवर्तनका प्रभावहरूबारे जागरण फैलाउन यस वर्ष पनि मार्च २७ गते शनिबार सालिन्दाझैँ बेलुकी साढे आठ बजेदेखि एक घण्टा बत्ती निभाएर वातावरण संरक्षणका लागि करोडौँ मानिसहरूले ऐक्यबद्धता जनाउँदै छन् । यूकेका सक्रिय साहित्यिक संस्थाहरूमध्ये एक विनेसाम यूकेले वातावरण साहित्य, युद्ध साहित्य र मातृभाषा साहित्यलाई आफ्नो प्राथमिकताका कार्यक्रमहरूभित्र राखेको सचिव थेवेले बताए । महासङ्घको हाल विश्वभर २० वटा मुलुकहरूमा २८ शाखाहरू छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...