'खैयामलाई प्रश्न'काे विमोचन     - Naya Online

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ सर्कल अस्ट्रेलियाको आयोजनामा आइतबार कृतिको भर्चुअल विमोचन गरिएको हो । कृतिमा विभिन्न देशमा रहेका नेपालीभाषीका २२८ जना सर्जकको रुबाई समावेश गरिएको छ ।

कार्यक्रममा क्रिएटिभ सर्कल, अस्ट्रेलियाका संस्थापक रिमेन आलोकले क्रिएटिभ सर्कलको बारेमा प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए । रुबाई विधाका अभियानकर्ता प्रकाश आङदेम्बेले ‘नेपाली साहित्यमा रुबाई विधाको प्रवेश र मौलिक नेपाली रुबाईको प्रारम्भ, मौलिक नेपाली रुबाईका प्रकाशित कृतिहरु र रुबाईमा गरिएका प्रयोगहरु, रुबाई किन मुक्तक होइन ? के भिन्नता छ ?’ लगायत विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा ‘द नेसेन्स फ्याल्यांस’ अमेरिकाका संस्थापक माेनरथ पोख्रेल, कवि राज माङ्लाक, चलचित्रकर्मी तथा साहित्यकार पुस्कर सिंगर, छत्र दंगाल, दिल भुटानी, लिला निशा, विरु ओ खैयाम, लक्ष्मीनारायण जाेशी, सुरेश विदारक, कर्ण गुरुङ, पुष्कर बराल लगायतले शुभकामना मन्तव्य दिएका थिए । सर्जकहरु सौरभ तिमिल्सिना, किशोर अविदित, उत्तम लिम्बु, एसबि ताम्लिङ, सुरेश काफ्ले, इनुमा इनु, कान्छा बाजेलगायतले कृतिमा रहेका आआफ्ना रचना वाचन गरेका थिए । रुवाईसङ्ग्रह ‘खैयामलाई प्रश्न’लाई क्रिएटिभ सर्कल अस्ट्रेलियाले प्रकाशन गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...