गैडाकोटमा मुन स्टार सञ्चालनमा - Naya Online

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ । स्वदेशमा नै केही गर्नपर्छ भनि जापानमा लामो समय बसेर नेपाल फर्किनु भएका रामु गैरे र चलचित्र नायक, निर्माता ध्रुब न्यौपानेको संयुक्त लगानीमा गैँडाकोट २, शिलान्यास चोकमा सुविधा सम्पन्न होटल मुन स्टार शनिबार शुभारम्भ गरिएको हो ।

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो एक हजार ५०० जना अट्ने सिट क्षमता भएको सभाहलसहित सेमिनार, भोज भतेर पार्टी गर्न एवं थ्री स्टारको लक्ष्य राखि होटल मुन स्टार सुरु गरेको व्यवसायी ध्रुव न्यौपानेले बताए । रामु गैर १४ वर्षदेखि जापानमा रहेर रेष्टुरेन्ट व्यवसायमा सक्रिय छन् भने न्यौपाने सिनेकर्मी तथा एक दशकदेखि होटललगायत बिभिन्न ब्यवसायमा संलग्न रहदै आएका थिए ।

स्वदेशमा नै केही नयाँपन दिन र सामृहिक लगानीमा युवाहरूलाई आकर्षित गर्न सस्तोमा ५०० रुपैया र बढी दुई हजार ५०० रुपैयाँसम्मका कोठासमेत रहेको रामु गैरेले बताए । नेपाली, चाईनिज, ईण्डियन, थाईलगायत यसियन फुड्सको सेवा उपलब्ध गराउनेगरी होटल सञ्चालन गरिएको ध्रुब न्यौपानेले बताए ।
होटलमा पार्टी प्यालेस, रेष्टुरेन्ट एण्ड बार, सेमीनार हल, ट्राभलका लागि गाडी व्यवस्था छ । यस्तै नवलपुरकै उत्कृष्ट होटलको रुपमा स्थापित गर्ने होटलका व्यवस्थापक हरि पौडेलले बताए ।

होटल एक भव्य समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा कलाकारहरुको सांगीतिक प्रस्तुति रहनुका विभिन्न क्षेत्र ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अवैध वित्तीय कारोवारमा संलग्न ४ जना पक्राउ

पर्सा, २९ वैशाख । अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न रहेको अभियोगमा ८२ लाख...

बैंकमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

चितवन, २८ वैशाख । भरतपुर महानगरपलिका-१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट...

गैडाकोटमा मुन स्टार सञ्चालनमा

गैडाकोट १५चैत । गैडाकोटमा युवा व्यवसायीहरूको सामुहिक प्रयासमा होटल मुन स्टार सञ्चालनमा आएको छ...

मिस फेस अफ नेपाल–२०२१ हुँदै

काठमाडौं, ८ चैत । नेपालमा पहिलो पटक मिस फेस अफ नेपाल–२०२१ हुन लागेको छ...

गोरक्षनाथ माविमा बस सेवा सुरु

हेटौडा, ६ चैत्र । हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माध्यमिक विद्यालयले आफ्ना...

बागबजारमा खुल्यो आधुनिक शलुन

काठमाडौ २९ फागुन । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने...

आरबी योङ्हाङको ‘आमाको माया’ छायांकन सम्पन्न

फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन...

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का...