इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन   - Naya Online

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको छ । आइतबार कोटेश्वरस्थित होटेल रत्नज्योतिमा सम्पन्न कार्यक्रममा इतरले आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको हो ।

गत चैत ७ र ८ मा सम्पन्न महासङ्घको दुई दिने राष्ट्रिय भेलाबाट लेखक राजन मुकारुङको अध्यक्षतामा प्रथम केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो । भेलाबाट महासङ्घले कार्यसमितिसँगै प्राज्ञिक परिषद पनि गठन गरेको थियो । आइतबार सम्पन्न कार्यक्रममा इतरले महासङ्घको प्राज्ञिक परिषदका सदस्यहरुलाई पनि बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा इतर आवाज साहित्य समाज, दक्षिण कोरियाको तर्फबाट प्रतिनिधिका रुपमा खोम गुरुङ र मातृका नेम्बाङ उपस्थित थिए । कलाकार तथा साहित्यकारहरु बिमला तुम्खेवा, प्रकाश आङ्देम्बे, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, छम गुरुङ, श्याम शाह, ब्रबिम शेर्मा, अनिल सुब्बा, उत्तम लिम्बू, लक्ष्मी योङ्हाङ, जेपी नेम्बाङलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा महासङ्घको केन्द्रीय कार्यसमिति र प्राज्ञिक परिषदका सबैजसो सदस्यहरुको उपस्थिति थियो ।

इतर आवाज साहित्य समाज ‘आदिवासी सौन्दर्य र पहिचानको आवाज’ नारासहित दक्षिण कोरियामा कार्यरत नेपाली साहित्यकारहरुले सन् २०१६ मा स्थापना गरेको सँस्था हो । यसका संयोजक पराजित पोमु हुन् । सँस्थाले गतवर्ष आदिवासी जनजाति र सिमान्तकृत समुदायहरुका ३४१ कविहरुलाई समेटेर कविताकृति ‘इतर कविता’ प्रकाशन गरेको छ ।

कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै खोम गुरुङले आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घसँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने बताएका छन् । पहिचानको आन्दोलनलाई गति दिनका लागि महासङ्घले परिणाममुखी कामहरु गरेर देखाउनुपर्ने उनको भनाई थियो । महासङ्घका तर्फबाट इतरलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष राजन मुकारुङले पहिचानको बहसलाई महासङ्घले थप वैचारिक र प्राज्ञिक बनाउँदै लैजाने बताए । पहिचानको आन्दोलनलाई सशक्त बनाउनका लागि मुद्धा मिल्ने सँस्थाहरुबीच कार्यगत एकता आवश्यक रहेको उनले बताए । नेपालको शिक्षापद्धति नै त्रुटिपूर्ण रहेकोले यसको परिमार्जन गर्दै आदिवासी जनजाति र सिमान्तकृत समुदायको सौन्दर्यशास्त्रलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म पठनपाठन गराउनका लागि पाठ्यक्रम निर्माण गर्ने लक्ष्य महासङ्घको रहेको उनले बताए । कार्यक्रममा आमन्त्रित अतिथिहरुले पनि महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । महासङ्घका तर्फबाट वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र प्राज्ञिक परिषद सदस्य डा.तारालाल श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

इतर आवाज साहित्य समाज, दक्षिण कोरियाका प्रतिनिधि मातृका नेम्बाङले कविताकृति ‘इतर कविता’माथि विमर्श कार्यक्रम पनि केही दिनभित्रै आयोजना गर्ने तय भएको जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...