जसपाको प्रदेश समिति विस्तार - Naya Online

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने

लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश समितिले विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको छ । साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो ।

गत २८ मार्चमा बसेको मासिक पूर्ण बैठकले समितिमा थप सात सदस्यहरू समेत नियुक्त गरेको छ । पार्टीको प्रवास समिति र राष्ट्रिय समितिमा रहेर नेतृत्व गरेका नेताहरूलाई सदस्यका रूपमा मनोनीत गरिएको प्रवास प्रदेश समितिका मुख्य सचिव विश्वासदीप तिगेलाले जनाए । ‘पार्टीमा पुर्याएको योगदान र वरियताका आधारमा सदस्य थप गरेका हौँ,’ उनले भने, ‘प्रवासमा पार्टीको गतितिविधि तीव्र हुनेमा विश्वस्त छौँ ।’ मनोनीत सदस्यहरूमा नेपाली समाज यूकेका पूर्व अध्यक्ष कमल गुरूङ, लिम्बुवान समाज यूकेका पूर्व अध्यक्ष लोकेन्द्र तबेबुङ, नेपाली समाज मलेसियाका पूर्व अध्यक्ष विरेन्द्र नेगी, नेपाली समाजकी पूर्व अध्यक्ष क्षेत्रकला राई, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका पूर्व अध्यक्ष भानुभक्त देवकोटा, पूर्व नयाँ शक्ति सङ्घीय परिषद सदस्य शकुन्तला गुरूङ र कुवेतबाट जयनारायण थारू रहेका छन् । यस निर्णयसँगै प्रवास प्रदेश समितिको सदस्य सङ्ख्या ६६ पुगेको छ । समितिको अध्यक्षमा यूकेका धन गुरूङ रहेका छन् । उनी पहिले नयाँ शक्तिनिकट प्रवास समितिका अध्यक्ष रहिसकेका छन् । प्रदेश समितिको इञ्चार्जमा पार्टीका केन्द्रीय नेता आङकाजी शेर्पा रहेका छन् ।

जसपाको २० वटा मुलुकहरूमा प्रवास समितिका रूपमा नेपाली समाजहरू गठन भएका छन् । कोरोना महामारीका कारण पार्टीका कार्यक्रमहरू प्रभावित भएपनि नेपाली समाजहरू समसामयिक राजनीतिक परिस्थितिबारे अद्यावधिक रहेको मुख्य सचिव तिगेलाले बताए । उनले प्रदेश समितिले निकट भविष्यमा प्रेस सङगठन निर्माण गर्ने र हालसम्मका गतिविधिहरू समेट्न स्मारिका प्रकाशनको तयारी गरिरहेको जानकारी दिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...