अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन - Naya Online

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ । ‘जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि’ मुल नाराका साथ राजु तामाङको अध्यक्षतामा ४५ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन भएको छ ।

मलेसियामा रहेका नेपाली क्रियाशिल १५ भन्दा बढि सङ्घसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिका उपाध्यक्षमा समिर मल्ल, बिक्रम याक्खा, सोना मगर, हिरालाल दयाल, जगत दोङ तामाङ, पुर्ण लिम्बु, डेबिट घिमिरे, महासचिवमा वीरबहादुर सारु मगर, आनन्द साउद, सचिवमा सुमन श्रेष्ठ, उर्मिला राई, बिरेन्द्र कार्की, प्रबक्ता दल बहादुर तामाङ, कोषाध्यक्षमा तारादेवी राई, सहकोषाध्यक्ष समिर परदेशी लिम्बु, खड्ग बहादुर कार्की रहेका छन् भने सदस्यहरु केवल कुलुङ, दिपक राज जोशी, गंगा राई, रमेश थारु, बिक्रम वाईबा, नेत्रप्रताप सेन ठकुरी, रोजी सुनुवार, बिष्णु राई, चन्दा लिम्बु, दिप शिखर लिम्बु, साइली तामाङ, कला साम्बा, टेकेन्द्र थुलुङ, मिलन चक्र पुन, राजेश राई, क्रिन्जल तामाङ, कमल रसाइली, अनिल राई, सामा देवान, सिन्धु तामाङ, पासाङ तामाङ, दिल गुरुङ, सन्चा लिम्बु, कृष्ण प्रसाद गुप्ता, गोपाल भुजेल, अधिक तामाङ, छबिलाल बोम्जन चयन भएक छन् । समितिका सल्लाहकारहरुमा डा. हुम बहादुर गुरुङ, शंकर बहादुर पौडेल, जागिर धन गुरुङ, बिपिन राई, मछिन्द्रनाथ चापागाई र पुरुश्वत्तम कार्कीढोली र संरक्षकमा इश्वर राई रहेका छन् ।

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रिय उपाध्यक्ष तथा मलेसियाका संरक्षक इश्वर राईले अन्तरास्ट्रिय नेपाली समाज मलेसियाको उद्देश्यको बारेमा प्रस्ट पार्दै मलेसियामा श्रमिक राहत कोष स्थापनार्थ नेपाली दुतावास तथा विभिन्न सङ्घसंस्थासँग छलफल गरि श्रमिक राहत कोषको मोडेल तयार भैसकेको र उक्त कार्यलाई सम्पन्न गर्नु अन्तराष्ट्रिय नेपाली समाज मलेसियाको मुख्य योजना रहेको बताए । बधाई तथा शुभकामना मन्तव्यकै क्रममा विशिष्ट अतिथि नेपाली राजदूतवास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीश मगरले मलेसियामा अवैधानिक बसोबास गर्ने नेपालीहरूको उद्धार कार्यमा दुतावासको तर्फबाट मात्रै सम्भव नभएको हुँदा सङ्घसंस्थाहरुले उद्धारको कार्यमा सहयोग गर्दै आएको र सहयोगको आवश्यकता रहेको बताए ।

‘मलेसियामा बिभिन्न कारण जेल पर्नुभएका नेपालीहरु सजाय भुक्तान भईसक्दा पनि टिकटको व्यावस्था नहुदा ८०० भन्दा बढिले क्याम्प मै बसिरहनुपर्ने अवस्था थियो । हाल नयाँ राजदुत आए पछि यो संख्या धेरै घटेको र केही समयमा नै सबै क्याम्पमा रहेका नेपालीहरूको संख्या ८÷१० जना मात्र रहनेछ’, उनले थपे । नेपाली समाज मलेसिया कार्यसमिति गठनले खुशी तुल्याएको भन्दै नव गठित समितिले श्रमिकको उद्धारको लागि श्रमिक उद्धार कोषजस्ता कार्यहरुमा महत्त्वपूर्ण भुमिका रहने बिश्वास ब्यक्त गरे । कार्यक्रमका अर्का विशिष्ट अतिथि इतिहासविद प्राध्यापक डा. श्रीराम उपाध्यायले मलेसिया र नेपालको सम्बन्ध दोस्रो विश्वयुद्ध देखि हालसम्म रहेको र मलेसियाबाट नेपालीहरुले विकास र समृद्धिकि पाठ सिक्नुपर्ने बताए । मलेसिया युवाहरुको चाहानाले परिबर्तन भएको र नेपालको बिकासमा पनि युवाहरुको ठुलो भूमिका रहने बताउदै मलेसिया समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसै क्रममा प्रमुख अतिथि पुर्व डिन प्रध्यापक डा. टंकनाथ शर्माले समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै देश बिकाशमा शैक्षिक, आर्थिक र समाजिक रुपान्तरण हुन जरुरी हुन्छ । शैक्षिक विकास योजना उत्कृष्ट बनाएका छौं तर कार्यनयन नहुँदा हामीले गरेको मेहनतको सार्थकता छैन उनले बताए । बैदेशिक रोजगारीमा तथा अध्यानका लागि बिदेश गरको युवाहरुको अनुभव र दक्षताले नेपालको रुपान्तरण सम्भव रहेको छ । यसको उदाहरण मलेसिया नै हो किनकि मलेसिया रुपान्तरण हुनु पुर्व सरकारको नै आर्थिक सहयोगमा हजारौंको संख्यामा मलेसियन नागरिकहरु अमेरिका अध्यानको लागि पठाएको थियो र उनिहरु अध्यान समाप्त पछि स्वदेश अनिबार्य फर्कनु पर्ने सम्झौता थियो र शतप्रतिशत स्वदेश फर्की देशको रुपान्तरण गरेको उदाहरण प्रमुख अतिथि पुर्व डिन डा. शर्माले बताए ।

यसै गरि बधाई तथा शुभकामना मनतब्य अतिथि शंकरबहादुर पौडेल, डा. रेणु सोलु, उर्मिला निर्दोश लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । साथै कार्यक्रममा लिली अधिकारी, सुभद्रा भण्डारी र बिक्रम याक्खाले कबिता तथा गजल बाचन गरेका थिए ।

उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा सन्चालन भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...