नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४ - Naya Online

नोवेलले ग-यो मास्टर एण्ड मिस नोवेल सिजन–४

तिलोत्तोमा, २९ चैत । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोवेल सिजन–४ नोबल इन्भायरोमेन्ट एकेडेमी कोटिहावाले शनिबार आफ्नै सभाहलमा प्रचार्य सुन्दर गुरुङ्गको अध्यक्षता सम्पन्न गरेको छ । कक्षा नर्सरी देखी ६ सम्ममा अध्ययनरत विद्याार्थीहरूको बहुप्रतिभालाई प्रस्तृत गर्न विद्यालयले बर्सेनी सो कार्यक्रम गर्ने गरेको प्रचार्य गुरुङ्गले बताएका छन् ।

विद्यालयले ससाना विद्यार्थीहरूको मनोबिज्ञानलाई समाज रुपान्तरणसँगै जोड्दै भोली मुलुकप्रति केही न केही गर्ने उत्तरदायित्व बोधहुने गरी कला संस्कृति लगायतका बिभिन्न बिधामा अब्बल बनाउने हेतुले सो ईभेन्ट गर्दै आएको गुरुङ्गले जानकारी गराएका छन् ।

सो ईभेण्टमा कक्षा नर्सरीदेखी ६ कक्षा सम्म अध्ययनरत विद्यार्थीहरूले कविता वाचन, गायन, कल्चरल डान्स र चित्रकला प्रदर्शनमा भाग लिएका थिए । झन्डै दुई दर्जन जति विद्यार्थीले भाग लिएको सो ईभेण्टमा सञ्चारकर्मी तथा सामाजिक ब्यक्तित्व रोशन अस्लामी र द रनवे–२०१८ का विनर तथा कोरियोग्राफी अन्जली नेपालीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

सो कार्यक्रममा बोल्दै संचारकर्मी रोशन अस्लामीले नोवेलले बर्सेनी गर्दै आएको मास्टर एण्ड मिस नोवेल सिजन–४ को उच्च प्रसंशा गरेका थिए । विद्यार्थी भाईइबहिनिहरूको मनोबिज्ञानलाई समाजका बहुआयमिक पक्षसँग जोडदै अघि बढेकोमा नोवेलले अन्य स्कुलको तुलनामा फरक प्रस्तुत गरेको छ । विद्यार्थी र शिक्षक बिचको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन यस्तो ईभेण्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । नोवेलका शिक्षक शिक्षिकाहरूको मेहनत र परिश्रमको पनि उच्च प्रसंशा पनि गरेका थिए ।

कोरियोग्राफी मदन नेपाली, विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको उक्त ईभेण्टमा स्वागत मन्तब्य कविता गुरुङ्ग र सञ्चालन आरती विश्वकर्माले गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या

रुपन्देही, ३१ वैशाख । आफ्नै श्रीमती २५ वर्षीया बिमला परियार चौधरीको हत्या गरेको अभियोगमा...

सर्लाही र महोत्तरीमा भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं, ३१ वैशाख । सर्लाही, ईश्वरपुर नगरपालिका-४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १...

पिडितको सहयोगमा जुटे युवा ब्यवसायी श्रेष्ठ

काठमाडौ ३० बैशाख । कोरोना दोस्रो लहरका कारण दैनिक ज्याला, मजदुरी, व्यवसाय गरेर आफ्नो...

झापामा जङ्गली हात्तीद्वारा एकको मृत्यु

झापा, ३० बैशाख । वर्षायामसँग तराईका विभिन्न ठाउँमा जङ्गली हात्ती आतङ्क छाउने गरेको छ...

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार ५ सय ३३ जना होल्डमा

काठमाडौं, २८ वैशाख । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर धनकुटा र दाङमा २ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख । धनकुटा नगरपालिका-५ बाल मन्दिर बस्ने राजु श्रेष्ठको १० वर्षीय छोरा...

फालेलुङ चुम्लुङ्को एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २५/ फालेलुङ किरात याक्थुङ चुम्लुङ् फालेलुङ गाउँपालिका शाखाको आयोजनामा एकदिने ‘संगठन सुढृकरण तथा...

पाँचथरको कुम्मायक गाउँपालिकामा लकडाउन

पदमसुखी सम्बाहाम्फे पाँचथर, २५ बैशाख । कोरोनाभाइरस (कोभिड १९) ले देशभर फैलिन थालेपछि पाँचथरको...

खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं, २२ बैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० बर्षीय छोरा...

कोभिड–१९ का नियन्त्रण, व्यवस्थापन गर्नमा सरकार असफल रहेको युवा संघ नेपाल आरोप

पदमसुखी सम्बाहाङ्फे । पाचथर, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ...