जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस - Naya Online

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना दिवस भब्यरुपममा सम्पन्न गरेकोछ । जनमुक्ति मञ्च साइप्रसका अध्यक्ष तारा राई ज्युको अध्यक्षतामा भएको सो कार्यक्रम गैर आवासिय नेपाली संस्थाका महासचिव कृपा थापाज्युले दिपप्रज्वलन गरी समुदघाटन गर्नु भएको थियो ।

कोभिड–१९ को कहरले गर्दा पार्टीको स्थापना दिवस मनाउन ढिला भएको अध्यक्ष राईले बताउनु भएको थियो । उहाँले पार्टीको ३० वर्षे यात्रामा विभिन्न उतारचढाव चिर्दै बैकल्पिक शक्तितिर लम्कदै गरेको जनमुक्ति पार्टीमा परिवर्तनका पक्षधरहरुले आत्मसमर्पण गरेर होईन हिम्मत गरेर यथार्थ समस्या समाधानको पक्षमा उभिन आव्हान गर्नु भयो । साथै रोजगार, ब्यवसाय र अध्ययनको लागी बिभिन्न मुलुकमा पुगेका नेपाली हरुले नयाँ नेपाल निर्माण को निम्ती यही निलो झण्डामा गोलबन्द हुन आह्वान गर्नु भयो ।

जनमुक्ति मंच साईप्रसले नेपाल र नेपालीलाई विभिन्न संकट र समस्याको घडीमा साथ र सहयोग गर्दै आएको छ । साथै साईप्रसमा हुने हरेक सामाजिक कार्यक्रममा पनि सहभागी जनाउदै आएको छ । मंचले पार्टीको मार्गदर्शन ’बहुजातिय लोकतान्त्रिक समाजवाद’ को सिद्धान्तलाई जन जनमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको पनि छ । मंचले प्रबास बाट बैचारिक संघर्स संग संगै सामाजिक परोपकारी कार्य पनि गर्दै आएको छ । पार्टीको स्थापना दिवस को सन्दर्भमा सेफ हाउस लाई ५१ युरो नगद पनि सहयोग गरेको थियौ ।

नेपालको विविधताको व्यवस्थापन लोकतन्त्रमा मात्र सम्भव हुन्छ तर लोकतन्त्रलाई “भाँडतन्त्र”मा कायम राख्ने अभीष्टहरु नयाँ नयाँ आवरणमा चलखेल गरीरहेको सन्दर्भमा नेपाल र नेपालीको हित र समवृद्धि चाहने सबै सच्चा परिवर्तनका पक्षधरहरु एक हुनुको विकल्प छैन । तसर्थ प्रबाश मा कृयाशिल संस्था, त्यसका अगुवा लगायतका बुद्धिजिबी ब्यक्तित्वहरुले स्वार्थको राजनीति त्यागेर राष्ट्रिय स्वाभिमानको राजनीतिको दर्शन बोकेको जनमुक्ति पार्टीलाई एक पटक साथ र सहयोग गर्न निस्वार्थ्य भावना सहित सबैको ध्यान जाओस् भन्ने मञ्चको शुभेच्छा रहेको महासचिव खममाया पुनले बताएकि थियिन ।

“राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं स्थापना दिवस (माघ ६, २०७७ तदानुसार १९ जनवरी २०२१) मनाउदै आईरहेको उक्त दिनलाई स्मरण गर्दै मनाईएको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघका पुर्ब अध्यक्ष सुबास मल्ल, कुन्दन कार्की, पत्रकार दिनेश गौतम, दिपक मल्ल विशेष उपस्थिती रहेको थियो । त्यसै गरी मंचका उपाध्यक्ष नवीन राई, कोषअध्यक्ष सबिता राई, सचिव अम्बिका राई, महासचिव खम माया पुन, शिला कुवंर, रमला राई अर्पण कुवर, प्रदिप मगर, निलम राई लगायतका कृयासिल नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेएको थियो ।

जनमुक्ति मंचले गर्दै आएको कार्यको उच्च मुल्याङ्कन र प्रसंशा गर्दै अतिथी दिर्घाबाट शुभकामना मन्तब्य दिएका थिए । महासचिव खममाया पुनले संचालन गरेको उक्त कार्यक्रम सम्पन्न गर्न महत्वपूर्ण भूमिका र साथ सहयोग गर्ने सबै संस्था तथा ब्यक्तित्वहरुलाई अध्यक्ष तारा राईले धन्यवाद प्रकट गर्नु भएको थियो । साथै नयाँ बर्ष २०७८ सलाको शुभकामना ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

अभिव्यक्ति शृङ्खलामा मल्लको प्रस्तुति

काठमाडौँ, ३१ जेठ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करण शनिबार...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

एनआरएन मलेसियामा सुन्दर आले अध्यक्षमा पुनःदाबेदार

क्वालालम्पुर, ११ जुन । गैरआवासी नेपाली संस्था (एनआरएन), मलेसियाको आगामी हुने सम्मेलनमा सुन्दर आलेले...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको इतिहास र वर्तमान

मनुराज निङ्लेकु लिम्बू पृष्ठभूमि संसारै भरिका मानिसहरू बसाइसरी आएर बसोबास गर्ने देश हो अष्ट्रेलिया...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

फिप्नाको सांस्कृतिक विभागले सम्झियो प्रेमध्वज प्रधानलाई

न्यूयोर्क, १७ मे । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को सांस्कृतिक विभागले वरिष्ठ गायक...

अमेरिकाको कारखानामा कामगर्दा

विरही काइँला अमेरिकामा काम गर्न सहज छ, तर घरमा बस्नु चाहिँ गाह्रो हुन्छ ।...