पाथिभराको मौलिक मुक्कुमलुङ नामाकरण गर्न धरानमा प्रदर्शन - Naya Online

पाथिभराको मौलिक मुक्कुमलुङ नामाकरण गर्न धरानमा प्रदर्शन

माइतीघर मण्डला, झापा र ताप्लेजुङमा पनि प्रदर्शन हुने

धरान, ७ वैशाख । प्रसिद्ध तीर्थस्थल ताप्लेजुङ स्थित पाथिभरादेवी स्थलको मौलिक नाम मुक्कुमलुङ भएकोले सरकारी दस्तावेज, प्रचार सामाग्रीहरूमा पूनः मुक्कुमलुङ नामाकरण गरिनुपर्ने माग गर्दै मंगलबार धरानमा सरोकारवालाहरूले प्रदर्शन गरेका छन् ।

सरकारले उक्त तीर्थस्थलको पर्यटकीय विकासका लागि पूर्वाधार निर्माणको योजना लागु गरेपछि सरोकारवालाहरूले ऐतिहासीक, सांस्कृतिक तथ्य सार्वजनिक गर्दै मुक्कुमलुङ नामाकरण गर्न दबाब आन्दोलन गर्दै आएका छन् ।

मुक्कुमलुङ सरोकार समुहका धरान संयोजक नरप्रसाद लिम्बुले मुक्कुमलुङ पाथिभरा क्षेत्र आदिमकाल देखी लिम्बु समुदायको पवित्र सांस्कृतिक एवं आध्यात्मिक भूमि भएको बताउँदै भने ‘पछिल्लो समय मुक्कुमलुङलाई राज्यले हिन्दुकृत गरेर पाथिभराको नामाकरण गरेको हो ।’ त्यहाँ हुने कथित विकास र धार्मिक गतिविधिमा आदिबासी लिम्बुहरूलाई राज्यले वेवस्ता गर्दै आएकाले उनिहरू आक्रोशित बनेको उनको भनाई छ ।

समुद्र सतह भन्दा ३ हजार ७९४ मिटर उचाईमा अवस्थित पाथिभरा मुक्कुमलुङ धार्मिकस्थल पुग्न पैदल यात्रा निकै विकट छ । सरकारले त्यहाँ पुग्न केवलकारको योजना अघि बढाएपछि ताप्लेजुङमा संघर्ष समिति गठन भएको छ । उनीहरूले सर्भेक्षणको कार्यमा अवरोधसमेत पु¥याएका थिए ।

धरानमा जारी विज्ञप्तीमा भनिएको छ ‘नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय श्रम संगठनको घोषणापत्र आइएलओ १६९ मा आदिबासी भूमिमा विकास निर्माणका परियोजना सञ्चालन हुँदा त्यहाँका आदिबासी जनजातिबाट स्वतन्त्रता पूर्वक अग्रिम सुसूचित र स्विकृति लिनुपर्छ भन्ने शर्तको सम्मान र कार्यान्वयन नभएकोले विरोध र असहमति जनाइएको हो ।’

हड्सन पाण्डुलिपिमा मुक्कुमलुङ उल्लेख
मुक्कुमलुङ आन्दोलन चलिरहेको बेला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ वैरागी काइलाले डेढसय वर्ष अघिको ऐतिहास्कि दस्तावेज सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । नेपालको लिम्बुवान सम्बन्धि पहिलो अनुसन्धानकर्ता वेलायती विद्वानद्वारा संकलीत प्रसिद्ध हडसन पाण्डुलीपिमा सिरिजंगा लिपिको मुन्धुममा विभिन्न सर्गमा मुक्कुमलुङ उल्लेख भएको उनले बताएका छन् ।

लण्डन स्कुल अफ लाइब्रेरीमा रहेको पाण्डूलिपिको फोटो कपि समेत सार्वजनिक गरी विभिन्न पृष्ठमा मुक्कुमलुङ लेखिएको उल्लेख गर्दै उनले उदाहरण दिएका छन् ‘हज्सन पाण्डूलिपि, (भोलम ८४, पृष्ट ११२ याक्थुं हा मुधुं, वस्ता नम्बर ५, २६/५ को हरफ १०–११ मा फियामलुङमा पछि मुक्कुमलुङमाको उल्लेख छ ।’

https://www.facebook.com/photo?fbid=1922105444605933&set=a.1285469501602867

माइतीघर मण्डलामा वैशाख ९ गते कवितावाचनसहित प्रदर्शन हुँदै
याक्थुङ –लिम्बू) थरगत सहजीकरण समूह र किरात याक्थुङ चुम्लुङ, केन्द्रीय समितिको आयोजनमा वैशाख ९ गते काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । ‘मुक्कुमलुङ बचाउ आन्दोलनको ऐक्यवद्धताका लागि’ नारासहित प्रदर्शन गर्न लागेको जनप्रदर्शन दिनको २ बजे हुने भएको छ ।

त्यसैगरी यसैदिन याक्थुङ लेखक संघ, उपत्यका समितिले कविता वाचन गर्ने भएको छ । मुक्कुमलुङ अतिक्रमणविरुद्ध कविता वाचन हुने कार्यक्रममा कविहरूले परस्पर कविता सुनाउने तयारी रहेको संघका सहसचिव सुनिल आङ्बोले जनाएका छन् ।

उता विर्तामोडको मुक्तिचोकमा पनि मुक्कुमलुङ संयुक्त संघर्ष समिति, झापाले अतिक्रमणविरुद्ध कविता वाचन गर्ने भएको छ । कवि मुनाराज सेर्मा मुख्य वक्ता रहेको कार्यक्रममा विराट किराती, साङ्सेन पङ्धाक, सेलिङ के.सि., पुष्पहाङ लोवा, रचना लावती, संगम सुहाङले कविता सुनाउने भएका छन् ।

कविता वाचन कार्यक्रममो सहजीकरण किरात याक्थुङ चुम्लुङ, झापा र सहआयोजकहरू याक्थुङ लेखक संघ, झापा र लिम्बुवान स्प्रीङ आन्दोलन रहेका छन् ।

उद्घाटन कार्यक्रमको विरोध गर्दै आस्थाको केन्द्र घोषण गरिने
वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन हुने भनेर प्रचार भइरहेको पाथीभरा केवलकारले लिम्बूहरूको आस्थालाई कुल्चने भन्दै लामो समयदेखि आन्दोलनरत छन् । मुक्कुमलुङ संयुक्त संघर्ष समिति, ताप्लेजुङले उद्घाटन स्थलमा शिलान्यास कार्यक्रमको प्रतिरोध गर्न आव्हान गरेको छ । उक्त दिन लुङ्बोङ्वा खाम्बोङ्बा याक्थुङहरूले मान्दै पुज्दै ल्याएको आस्थाको केन्द्र ९क्बअचभम क्ष्तभ० घोषणा कार्यक्रममा पनि संघर्ष समितिले राखेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...

अल्पमतको प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण आज

काठमाडौँ, ३१ बैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण...

गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार...

जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा

काठमाडौंँ, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू निरन्तर आन्तरिक छलफलमा छन्...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

लिम्बुवान कतातिर ?

मलिसा याक्थुङ्बा लिम्बू नेपाल सरकारका तत्कालिन शाहवंशी राजाहरूसँग गरिएको सन्धि र तिनले दिएको ताम्रपत्रबाट...

बालुवाटारबाट मन्त्रीपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।...