'कङ्गो र इथियोपियाको सेरोफेरो' माथि परिचर्चा - Naya Online

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया ।

२५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) अफ्रिका च्याप्टरले चरणबद्ध रुपमा गर्दै आएको साहित्यिक कार्यक्रमको अर्को शृंखला सम्पन्न गरेको छ । यहि बैशाख ११ गते सनिवार डिजिटल प्रविधि जुम मार्फत सम्पन्न उक्त कार्यक्रम वरिष्ठ नियात्राकार नगेन्द्र न्यौपानेको नियात्रा कृति ’कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि विशेष परिचर्चा गरिएको थियो ि’सर्जक र सिर्जनासँग साक्षात्कार कार्यक्रम’ नामक सो कार्यक्रम दक्षिण अफिकाका लागि नेपली राजदूत डा. निर्मल विश्वकर्माको प्रमुख आतिथ्य र वरिष्ठ नियात्राकार तथा नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको विशेष आतिथ्यमा सम्पन्न भएको थियो िअतिथि वक्ताका रुपमा लेखक तथा समिक्षक इश्वर देवकोटा रहनुभएको थियो भने अन्य आमन्त्रित ÷ आगन्तुक वक्ताहरु वरिष्ठ आख्यानकार कृष्ण धरावासी र लेखक ददी सापकोटाले कार्यक्रमका विषयमा टिप्पणी गर्नुभएको थियो ।

प्रमुख अतिथि महामहिम राजदूत डा. निर्मल विश्वकर्माले अफ्रिका महादेशमा पनि नेपाली श्रष्टाहरु यति उर्जाशील अवस्थामा पाएकोले आफुलाई खुशी लागेको धारणा राख्दै ज्ञानको सबैभन्दा ठुलो श्रोत पुस्तक भएकोले यो क्षेत्रमा सक्रिय सर्जकहरुलाई अझ बढी लेख्न आग्रह गर्नुभयो । आफु पनि कुनै समय प्रतिवद्ध लेखक भएको स्मरण गर्दै उहाँले थप्नुभयो – विशेष नियात्रा लेखन प्रभावकारी हुने भएकोले यसै मार्फत नेपाल र अफ्रिकाका बिबिध पक्ष जोड्न तपाईंहरु निरन्तर लाग्नुस् दूतावास आवश्यक सहयोग र साताको लागि तत्पर छ ।

कार्यक्रमका मुख्य वक्ता वरिष्ठ नियात्राकार प्रतीक ढकालले नगेन्द्र न्यौपानेको नियात्रा कृति ’कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि विशेष प्रकाश पार्नुभएको थियो । उक्त पुस्तक २०७३ सालमा विमोचन हुँदा त्यसको टिप्पणीकार आफु भएको र पुस्तक सग्लो पढ्ने अवसर पाएको स्मरण गर्दै ढकालले नेपाली नियात्रा जगतमा महत्वपूर्ण र पठनीय कृतिका रुपमा लिनुपर्ने बताउनुभयो । आन्तरिक कलह, गृहयुद्ध र जातीय द्वन्द जस्ता अमानविय तथा विभेदकारी सामाजिक गतिविधिका कारण कङ्गो र इथियोपिया भयाबह अवस्थामा पुगेको वस्तुनिष्ठ सत्य पुस्तकले उजागर गरेकोछ ।

कङ्गो,इथियोपिया,रुवान्डा,बुरुण्डी जस्ता जातीय युद्दग्रस्त मुलुकबाट नेपालले सचेतनाको पाठ सिक्न जरुरि छ भन्ने मूल संदेश पुस्तकले दिएकोछ भन्दै ढकालले नेपाल त संसारकै बरदान सावित देश हो यो जस्तो सुन्दर देश पृथ्वीमा अर्को छैन, मात्रै नेपालका शासकहरु अयोग्य भए भन्नुभयो । विदेशमा बस्ने नेपालीहरु रेमिट्यान्स पठाएर देश धान्ने कर्ममा त अब्बल छन् नै अझ आफ्नो काम–धन्दाबाट बचेको समय यसरी सिर्जनाको क्षेत्रमा लगाएर नेपाली भाषा,साहित्य,संस्कृति र कलाको सम्बर्द्धन,प्रबर्द्धन र प्रचारप्रसारमा निरन्तर लागिपर्नु उच्च सम्मानजनक कुरा हो ।

सरकारले वेवास्ता गरे पनि नियात्रा समाज नेपाल र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो साथ,सहयोग गर्ने प्रतिबद्दता पनि उहाँले जनाउनुभयो िअर्का वक्ता इश्वर देवकोटाले पनि ’कङ्गो र इथियोपियाको सेरोफेरो’ अफ्रिका क्षेत्रलाई प्राथमिकतासाथ वर्णन गरिएको उत्कृष्ट नियात्रा कृति भएकोले एक पटक सबै नेपालीले पढ्नु आवश्यक छ भन्नुभयो ।

कार्यक्रमका मुख्य आकर्षक तथा ’कङ्गो र इथियोपियाको सेरोफेरो’ का सर्जक नगेन्द्र न्यौपानेले आफु र आफ्नो कृतिलाई सम्मानपूर्वक उठाएकोमा अनेसास अफ्रिका च्याप्टरलाई धन्यवाद दिनुभयो । उहाँले पुस्तकका बारेमा आफु बोल्नुभन्दा बरु पुस्तक नै पढ्न आग्रह गर्नुभयो । भ्रमण र लेखनकाल सम्झिंदै उहाँले केहि तितो अनुभव बाँड्नुभयो– कङ्गोका तुलनामा इथियोपिया धेरै अर्थमा ठिक छ ियहाँका मान्छेहरु पनि असल छन् प्रकृति पनि सुन्दर छ । कङ्गोमा त भरसक कोहि पनि नेपाली नजाउन् िमानवीयता भन्ने चिज एकरति देखिएन त्यहाँ । त्यहाँका अधिकांश मान्छे चोर,फटाहा,लुटेरा.हत्यारा मात्र भेटिनुको मुख्य कारण त्यहाँको सरकार गतिलो नहुनुको परिणति भएकोले कमसेकम नेपाल सरकार चाहिं त्यस्तो नहोस् भनेर कामना गर्नुभयो ।

वरिष्ठ आख्यानकार कृष्ण धरावासीले अफ्रिका महादेश लेख्नेहरुका लागि उर्वरभूमि भएकाले यहाँस्थित नेपाली सर्जकहरुलाई निरन्तर–निरन्तर लेखिरहन आग्रह गर्नुभयो । त्यस्तै लेखक तथा वन्यजन्तुविद ददी सापकोटाले अफ्रिका महादेशका विषयमा नियात्रा लेख्दा खाली घुमेको,डुलेको,होटेलमा बसेको मात्र होइन कि त्यहाँको प्रकृति, वनस्पति र वन्यजन्तुका विषयमा पनि कलम चलाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । कार्यक्रमा अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नो शुभकामना मन्तव्य राख्दै अनेसास अफ्रिका च्याप्टरले यसरी सर्जक र सिर्जनाको खोजी र पहिचान गर्ने महत्वपूर्ण कार्य गरेर च्याप्टर गठनको छोटो समयमै आफुलाई उत्कृष्ठताको कसीमा खरो उतारेको भन्दै प्रसंसा गर्नुभयो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टरका अध्यक्ष साहित्यकार गणेश खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन उपाध्यक्ष सुवास सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य च्याप्टरका सल्लाहकार तथा एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष साहित्यकार हिक्मत थापाले दिनुभएको थियो । स्वागत मन्तव्य राख्दै सल्लाहकार थापाले अफ्रिका महादेशमा नेपाली साहित्यको दयनीय अवस्था हिजो थियो तर च्याप्टर गठनसँगै अब त्यो अवस्था नरहेको, हामी सक्रिय रहने बताउनुभयो । त्यस्तै समापन मन्तव्य राख्दै अध्यक्ष खड्काले अनेसास अफ्रिका च्याप्टर गठन आफैंमा एउटा चुनौती थियो । गठनपछिको प्राथमिक काम यो महादेशलाई सिर्जनाभूमि बनाएर सिर्जित सिर्जना र सर्जक खोजि प्रक्रिया रहेको र यो अर्को सफलतम शृंखला भएको बताउनुभयो । योभन्दा अघि पनि च्याप्टरले अफ्रिका महादेशमाथि लेखिएका नेपाली सिर्जना र श्रष्टाहरुको सफल खोजी र पहिचान सहित सार्वजनिक कार्यक्रम गरिसकेकोछ । च्याप्टर यस्ता थुप्रै घोषित–अघोषित कार्यक्रम लिएर निरन्तर–निरन्तर आउने प्रतिबद्दता पनि उहाँले गर्नुभयो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...