किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित - Naya Online

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा आठौ महाधिवेशन सम्पन्न गरेको छ ।

महाधिवेशनद्वारा सुमन थाम्सुहाङ लिम्बुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीमा निर्माण गरेको छ । जसको वरिष्ठ उपाध्यक्ष युगेश लिङदेन लिम्बू, उपाध्यक्ष ममता सुब्बा लाबूङ, महासचिव सुर्य लिङदेन लिम्बू, सचिव दिपक थेबे लिम्बू, कोषाध्यक्ष पिके थक्लुङ लिम्बू, सह–कोषाध्यक्ष लाजिमा सुब्बा नाल्बो छन् भने सदस्यहरुमा साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू, बिवश माङमू लिम्बू, बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू, जिवन खजुम लिम्बू, सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू सर्वसहमतीमा निर्वाचित भएका छन् भने बाकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनीत गर्नेछन् ।

कियाचु निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौं महाधिवेशनको प्रमूख अथितीको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए । उनले कियाचु अमेरीकाको अबको कार्यभार अमेरीकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नया पुस्तामा पुस्तान्तरण गर्दै लानु प्रमूख कर्तव्य रहेको छ, साथै नेपालमा याक्थुङ लाजेमा हाम्रो पहिचानमाथी राज्यसत्ताद्वरा गरिएको सांस्कृतिक अतिक्रमणहरूको विरूद्धमा सशक्त आवाज उठाउनु पर्ने धारणा व्यक्त गरेका थिए । कियाचु अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितिमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बाद्वारा वन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

महाधिवेशनको उत्घाटन सत्रमा किरात राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्व अध्यक्ष देवेन्द्र सम्बाम्फे, कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदन सम्बाम्फे, केशरमान लिम्बु, निर्वाचन समिति सदस्य मुनिन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफैंबाट गर्ने भन्दै $५००० (पाँच हजार डलर) दिएर सुरूवात गरेको घोषणा गरेका थिए ।

नेपाली अमेरीकन समुदायमा सधै एकढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन् २००४ सालमा स्थापना भएको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘अक्षरा’ विमोचन र रचना वाचन कार्यक्रम हुने

जापान, १५ मे । ‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मुलनारासहित...

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ । अन्तर्राष्ट्रिय नेपाली...

किरात याक्थुङ चुम्लुङ अमेरीकाको अध्यक्षमा सुमन थाम्सुहाङ सर्वसहमतीमा निर्वाचित

न्यूयोर्क, २८ अप्रिल । किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५, २०२१ का दिन न्यूयोर्कमा...

‘कङ्गो र इथियोपियाको सेरोफेरो’ माथि परिचर्चा

जेडी गाउँले, मलेशिया । २५, अप्रिल । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास )...

जनमुक्ति मञ्च साईप्रसले मनायो ३० औं स्थापना दिवस

साईप्रस । राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध प्रवाश शाखा जनमुक्ति मञ्च, साईप्रसले पार्टीको ३०औं स्थापना...

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...