खुकैलाका आगलागी पीडितलाई कवि कलाकारहरुको सङ्कलित रकम हस्तान्तरण - Naya Online

खुकैलाका आगलागी पीडितलाई कवि कलाकारहरुको सङ्कलित रकम हस्तान्तरण

पात्लेपानी कला /साहित्य प्रतिष्ठानको हरेक क्रियाकलाप अनुकरणीय छ: गाउँपालिका प्रमुख प्रेमकुमार राई

नडाहा , गत चैत्र १२ गते हतुवागढी–८ को खुकैलामा आगलागीमा परेका पीडित परिवारलाई पात्लेपानी कला/साहित्य प्रतिष्ठानको आह्वानमा संकलित रकम पीडित परिवारलाई बुधवा हस्तान्तरण गरिएको छ ।

पात्लेपानी कला÷साहित्य प्रतिष्ठान, पात्लेपानीको आह्वानमा देश तथा विदेशमा रहेका कवि, कलाकार तथा पत्रकारहरुल संकलन गरेको रकम १ लाख ६७ हजार ६ सय ९० रुपैयाँ पीडित परिवारको घरदलानमै हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । जसमा हसनपुर निवासी हाल: दुवईमा कार्यरत पत्रकार तथा गीतकार शम्भु बाछना राईको अगुवाइमा रु. ९२ हजार ९ सय ६५ रुपैयाँ , हतुवागढी होमताङ निवासी , हाल जापानमा कार्यरत कार्यरत म्यामराज राई मेमोरीको अगुवाइमा २५ हजार रुपैयाँ , स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३ को अगुवाइमा १७ हजार १ सय ५ रुपैयाँ , हतुवागढी रानीबास निवासी, हाल द. कोरियामा कार्यरत कवि तथा समालोचक दिलिप बान्तावाको अगुवाईमा १५ हजार रुपैयाँ , हसनपुर सुनसरी सम्पर्क मन्च तथा टंक जुबु राईको अगुवाईमा ५ हजार २५ रुपैयाँ , जेफाले साहित्य समाज धनकुटा तथा गजलकार हृदय लिम्बुको अगुवाइमा ४ हजार रुपैयाँ अन्यमा कवि अल्पभाषी निरु(हतुवागढी), कवि मुकुन्द प्रयास (धनकुटा), गजलकार तारा दिप्साली राई(धरान),पार्वती राई (धरान) , कवि तथा चित्रकार ओम डिसिआर (भोजपुर) लगायतले पीडित परिवारलाई आर्थिक सहयोग गरेका थिए ।सो रकम हस्तान्तरण पश्चात् बोल्दै हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले पात्लेपानी कला/साहित्य प्रतिष्ठान हतुवागढीका निम्ति एउटा सबैको आस्था जस्तै रहेको बताए । स्थापनाकालदेखी नै आफ्नो सक्रियता देखाउदै आएको प्रतिष्ठानले देशकै प्रतिष्ठित व्यक्तित्वहरुको आगमन गराउदै हतुवागढीको प्रवद्र्धनलाई टेवा पुर्याउदै आएको चर्चा गरे । उनले थपे “आजको यो यति ठूलो सहयोगले कवि कलाकार साच्चै नै मानवीयताप्रती सजग हुने कुरा प्रष्ट भएको छ । यो सहयोग हामी अथवा गाउँपालिकाले गर्नेभन्दा ठूलो रकम हो । यी सहयोगी मनहरुलाई धन्यवाद दिन चाहन्छु साथै सहयोग रकम विवरणको गाउँपालिकामा उपलब्ध गराइदिन अनुरोध गर्दछु । साथै यो महामारीको अवस्थामा सचेत हुन पनि सबैमा अनुरोध गर्दछु ।” यस्तै पात्लेपानी कला साहित्य प्रतिष्ठानका सस्थापक एवम गजलकार बिस्वजित राईले अन्य सहयोग पनि आउने क्रम जारी नै रहेको बताउदै कवि कलाकारपनी समयानुकुल चल्नु पर्ने बताए । उनले थपे “हाम्रो आह्वानलाई स्विकार्दै सहयोग गरिदिनुहुने सिर्जनशील मनहरु प्रती आभारी छौँ ।” यता पीडित परिवारहरु पनि सो सहयोगको मुक्तकण्ठले प्रशंशा गरे । वडासदस्यसमेत रहेका पीडित परिवारका एक सदस्य सुदन राईले भावुक हुँदै पात्लेपानी कला÷साहित्य प्रतिष्ठान र सहयोगी मनहरुप्रती कृतज्ञ रहेको बताए ।

कवि कलाकारहरुको यो सहयोग अहिले चौतर्फी चर्चाको विषय बनेको छ भने समय सान्दर्भिक अभियानको रुपमा समेत हेर्न थालिएको छ ।

स्मरणीय छ, सो आगलागीमा वडासदस्य सुदन राई सङ्गसङ्गै ४ घर पुर्णरुपमा क्षति भएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महामारीको बेला बढि भाडा असुलेर कालाबजारी गर्दै एम्बुलेन्स

पर्सा, १ जेठ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना...

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

महामारीको विकराल अवस्थामा नक्कली अक्सिमिटरको कालोबजारी

काठमाडौँ, २८ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड –१९ को विकराल अवस्थामा मानिसको...

‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ५७ जनालाई मास्क वितरण

काठमाडौं, २४ वैशाख । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

रिमडेसिभिरको कालोबजारी गर्ने पक्राउ

काठमाडौं, २३ बैशाख । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रिमडेसिभिरको...

छ वर्षीया बालिकामाथि बलात्कार

उदयपुर, २३ वैशाख । उदयपुरको बेलका नगरपालिकामा छ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।...

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

सार्वजनिक सम्पत्तिका रूपमा सुचना नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका...