मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएकोप्रति जसपाको विरोध - Naya Online

मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएकोप्रति जसपाको विरोध

काठमाडौं, २० बैशाख ।
जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोख्रेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएकोप्रति विरोध जनाएको छ । अविश्वासको प्रस्तावलाई सामना नगरी मुख्यमन्त्रीले राजिनामा दिएको र बहुमत गुमाइसकेका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै जसपाले एक विज्ञप्ति मार्फत विरोध जनाएको हो ।

“लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले)को बहुमत कायम भएको भए निसन्देह नै मुख्यमन्त्रीले राजिनामा गर्नुको सट्टा अविश्वासको प्रस्तावको सामना गर्ने थियो । तर आफूले बहुमत गुमाइ सकेपछि पनि पुनः मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत गर्नु र प्रदेश प्रमुखले अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीलाई नै पुनः नियुक्ति गर्नु संवैधानिक, राजनैतिक र नैतिक कुनैपनि दृष्टिले सही हुन सक्दैन ।” विज्ञप्तिमा लेखिएको छ ।

प्रदेश प्रमुखले पुनः शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन भएको विज्ञप्तिमा जनाएको छ ।

“निर्वाचित सांसद विमला कुमारी खत्रीले नेकपा (माओवादी केन्द्र) लाई रोजेको र नेकपा (एमाले)को तर्फबाट कपिलवस्तु २(१)बाट निर्वाचित दुर्गनारायण पाण्डेले सांसद पदबाट राजीनामा गरेको तथा कपिलवस्तु २(२) बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमबाट निर्वाचित अजय शाही दुईजना सांसदहरूले हाम्रो पार्टीलगायतको विपक्षी गठबन्धनले प्रस्तावित गरेको मुख्यमन्त्रीका उम्मेदवार कुल प्रसाद के.सी.लाई समर्थन गरिसकेको स्थितिमा प्रदेश प्रमुखले पुनः शंकर पोखरेललाई मुख्यमन्त्रीको रूपमा शपथग्रहण गराउनु संसदीय लोकतन्त्रको मुल्य मान्यता विपरीत मात्र होइन संविधानको ठाडो उल्लङ्घन पनि हो । ” विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...

अल्पमतको प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण आज

काठमाडौँ, ३१ बैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण...

गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार...

जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा

काठमाडौंँ, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू निरन्तर आन्तरिक छलफलमा छन्...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

लिम्बुवान कतातिर ?

मलिसा याक्थुङ्बा लिम्बू नेपाल सरकारका तत्कालिन शाहवंशी राजाहरूसँग गरिएको सन्धि र तिनले दिएको ताम्रपत्रबाट...

बालुवाटारबाट मन्त्रीपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।...