लिम्बुवानको एउटा कहानी - Naya Online

लिम्बुवानको एउटा कहानी

मलिसा याक्थुङ्बा लिम्बू

विद्यार्थी राजनीतिमा छँदा सिके प्रसाईँ (भरतबाबु)ले प्रजातन्त्र र समाजवादको सिद्धान्तबारे ईलामको सिङ्फ्रिङ्मा सुनाउँदा युवा जोस पुलकित भई शरीरका हरेक नशाहरू तात्तिएका थिए, २०४६ को मध्यतिर । पञ्चायत कायमै थियो, क्याम्पसमा विद्यार्थी राजनीति गर्दा अलिक अन्जानवश झैं थिए हुँला नजरमा तर योभन्दा पहिले २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यको चुनाव र २०४३ सालको गाउँपञ्चायतको प्रधानपञ्च चुनावमा पञ्चहरूलाई हराउने चलखेलहरू खेली सकेका थिएँ, यूवाक्रान्ति चेतमा । हो वास्तवमा मेरो परिवार, जन्मँदै वहुदलवादी, पञ्च इतरका थियौं । यसैक्रममा इलाम क्याम्पसको विद्यार्थी राजनीतिमा पनि पञ्च ईतरमै काम गर्नुथियो, तजविजी कानुन विद्यार्थी छबि बाँस्कोटामार्फत ।

ईलाम क्याम्पसमा अध्ययन गर्दागर्दै बहुदलीय प्रजातन्त्रको अन्तिम आन्दोलन भए र आन्दोलन सफल पनि भयो । वारी, पारी, पर, वर, तल माथिका गाउँघरहरूमा नाराजुलुस र आमसभाहरू चल्थे फेसनजस्तो, किनभने बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भएपछि जनता खुशी भएका थिए । उमङ्ग, जोस, जागर र स्फुर्ति त्यसवेला थिए, जनतामा । म बेला–मौका क्याम्पसबाट गाउँ आउथेँ, गाउँमा संगठन गर्न र साथीभाईहरूसँग भेट्न । हिजो पञ्चायतकालमा सँगै खाने, बस्ने, धाननाच्न जाने, खेल्ने साथीहरू कुनै माले त कुनै लिम्बुवान भइसकेका रहेछन् । मित्रवत् भेटहरू नै त्यागिसकेका रहेछन्, उनीहरू । ‘लिम्बुवान’ शब्द मेरो लागि नौलो थिएन किनभने मैले इतिहासकार श्री वीर नेम्बाङ्को ‘लिम्बुवानको रामकहानी’ बुकलेट पढिसकेका थिएँ र यहि बुकलेटले श्री वीर नेम्बाङ्को राजनैतिक उचाई कायम गरेका थिए भन्दा फरक नपर्ला । मैले लिम्बुवानको रामकहानीबाहेक थुप्प्रै याक्थुङ् साहित्यहरू (सुक्खिम विशेष किताबहरू) अध्ययन गरिसकेका थिएँ ।

गाउँघरमा श्री वीर नेम्बाङ्को ‘लिम्बुवान मुक्ति मोर्चा’ (त्यसवेलाको अवैधानिक दल) विस्तार भइसकेका थिए र वहुदलीय प्रजातन्त्रको कार्यकालसम्म वहाँ अर्धभूमिगतको रूपमा राजनीति गरेका थिए । मलाई लाग्थ्यो, लिम्बुवान अहिले नै समयानुकुल हुन सक्दैन किनभने राजनैतिक चेत जनतामा आइसकेका छैन भन्ने थियो । मैले लिम्बुवानका साथीहरूलाई यहि तर्कगरी आफ्नो दलमा ल्याउन प्रयास गर्दथेँ तर उनीहरू मान्दैनथे किनकि लिम्बुवान आएमा लिम्बुवानका जनताको हितमा उनीहरू काम गर्नुथियो । किन उनीहरूलाई भेट्थेँ भन्दाखेरी लिम्बुवानमा रहने अधिकांश कार्यकर्ताहरू मेरो बुवालाई पञ्चायत कालभरीका चुनावहरूमा सहयोग गर्ने असल व्यक्तिहरू हुनुहन्थ्यो । तसर्थ प्रजातन्त्रमा नै बसेर लिम्बुवानको आवाज उठाउँ भन्ने ठुलो विचार थियो, ममा । यसरी नै एकदिन बुवाको वचपनदेखि पञ्चायतकालभरी साथदिने दाईको छोरालाई युवाहरूको भेलामा गाउँको प्रतिनिधि बनाएर प्रशिक्षणमा पठाए र घरमा झण्डा समेत रोपे, कांग्रेसको । यसरी प्रशिक्षणमा सहभागी हुने समेतलाई लिम्बुवान मुक्ति मोर्चामा फर्काए र रोपिएको झण्डा तुरुन्त परिवर्तन भए । त्यसबेला गाउलेहरू वीर नेम्बाङ् नै नेपालको राजनीतिमा अब्बल दर्जाको राजनीतिज्ञ मान्दथे र हो पनि । गाउँ आउनुहुँदा राँकेबाट याम्बोङ्सम्म पुरै लावालश्करमा विशेष सुरक्षाको परिकल्पनाले फूलमालासहित ल्याइन्थ्यो र गाउँलेहरू भेला गराई लिम्बुवानको स्वप्निल धुनहरू सुनाइन्थ्यो । क्यासेटमा भरिएका दार्जिलिङ्गे नेता सुवास घिसिङ्को केही रा–राम्रा भाषणहरू सुनाइन्थ्यो । कुनै–कुनै बेला उक्त धुनहरू सुन्न मलाई पनि निम्तो हुन्थ्यो । म त्यो धुन सुन्नु भन्दापनि स्रष्टा तथा राजनीतिज्ञ वीर नेम्बाङ्को कृति तथा लेखहरू लिन जान्थेँ ।

२०४८ मा महानिर्वाचन भयो, प्रतिनिधिसभा संसदको । तर लिम्बुवान मुक्ति मोर्चाले महानिर्वाचन चुनाव वहिष्कार गर्ने राजनैतिक अडान लियो । वहुदलीय प्रजातन्त्रको शुरुवातमा लिम्बुवानका धेरै साथीहरूलाई ‘चुनाव वहिष्कार नगरौं, सहभागी बनौं र प्रजातन्त्र बलियो भएपश्चात लिम्बुवान आन्दोलन गरौं’ भन्ने मेरो सम्झाई थियो तर वहाँहरूले मान्नु भएन किनभने ‘जवसम्म नेपालले लिम्बुवान दिँदैन, तहिलेसम्म लिम्बुवान क्षेत्रमा निर्वाचन वहिष्कार हुन्छ’ भन्ने अडान उनीहरूका लागि राजनैतिक जायज थियो र मैले केही कसरत गरिनँ । यसपछि २०४९ सालको स्थानीय निर्वाचन पनि वहिष्कार गर्ने भन्ने लिम्बुवान मुक्ति मोर्चाको राजनैतिक अडान थियो तर गाउँले नेता कार्यकर्ताहरू वाहेक उमेदवारहरूमा कसलाई जिताउने र हराउने खेलमा लागे र लुकीछिपी जिताउनेलाई जिताए । वहिष्कारको नाउँमा चलखेल गर्दा केहीले राप्रपालाई मत दिएर वडाअध्यक्ष जिताए भने केहीले एमालेलाई मत दिएर वडाध्यक्ष जिताए । वडालाई दिँदैगर्दा गाविसको अध्यक्ष र उपाध्यक्ष उमेदवार समेतले मत पाए । नेपाली कांग्रेसलाई हराउन उपयोगमा आए । हराउनुको कारण थियो, वडाध्यक्ष उठाइएका उमेदवारको व्यक्तिगत शील, स्वभाव, चरित्र र आचरण मन नपराउनु । यसरी मत प्रयोगले लिम्बुवानभित्र सुसुप्त रूपमा आन्तरिक विभाजन भइसकेको थिए । लुगा लिम्बुवानको थियो, शरीर कम्युनिष्ट राप्रपा ।

मध्यावधि निर्वाचनमा पुरै वहिष्कार गरेर बसेका थिए, २०५१ मा । मैले निक्कै कसरत गरेँ, लिम्बुवानले कांग्रेसलाई सघाउनु प¥यो भनेर तर केही सीप लागेन । जयनेपाल क्लबमा सपथ गरी बसेका समेतलाई लिम्बुवानमा फर्काए । अनि मलाई लाग्दथ्यो यस्तो प्रतिवद्ध हुनु भनेको राजनीतिमा कुनैबेला सफलता लिनु नै जस्तो लागेको थियो अफसोच ! त्यो देख्न पाइएन वर्तमानमा । त्यसपछि २०५४ सालको स्थानीय निर्वाचनमा पनि लिम्बुवान मुक्ति मोर्चाले पूर्ण वहिष्कार गर्नु नै थियो तर त्यहाँ पनि वहिष्कार हुन सकेन । अर्थात लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ्को ह्विप्स् उल्लङ्घन भयो । यसपटकको केही मत नेपाली कांग्रेसलाई सहयोग पाएर वडाध्यक्ष जिते भने धेरै मत एमालेले सहयोग पाएर वडाध्यक्षहरू जिते । यस स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा चुनाव लड्ने मानसिक तयारीमा म थिएँ किनभने लिम्बुवान मुक्ति मोर्चाका ७६ मत मेरो उमेदवारी भएमा सहयोग गर्ने र लिमुमोले बजेट योजना पाउने मौखिक शर्तहरू थिए, केही नेता कार्यकर्ताहरूबाट तर मलाई पार्टीले टिकट नदिएर अरुलाई दिएपछि लिम्बुवानको मत छिल्लबिल्ल भई धेरै एमालेलाई पर्ने स्थिति बनेर गए । यस चुनावपछि लिम्बुवानका गाउँले नेता कार्यकर्ताहरूमा बैचारिक विचलन, नैराश्यता र आन्तरिक फुटजस्तै भइसकेको थियो, आर्थिक र राजनैतिक समस्याका कारणले । अथवा म बाहेक अरु दलहरू (एमाले राप्रपा) ले लिम्बुवानलाई निमिट्यान्न गर्ने कुटिल चालमा लागेकै थियो र वर्तमानसम्म नै । नेता कार्यकर्ताहरू गाउँँनै छोडेर व्यवसायमा गए । गाउँमा लिम्बुवानको आवाज निक्कै वुलन्द थिए र एकता थिए जस्तो लाग्दथ्यो मलाई तर रहेनछ किनभने शहर र बजारहरूमा र वौद्धिकताको पुरै अभाव थियो । तसर्थ गाउँमा सैद्धान्तिक बहस नभएकाले नजरअन्दाज गरी कुन सजिलो पार्टी मान्दछ त्यसैलाई मत सहयोग गरेको थाहा पाइयो । त्यतिबेलाको चुनावहरूमा नारा बनाएका थिए ‘भोटमा मत दिनु भनेको आफ्नो चिहान आफैं खन्नु हो’ भन्ने चर्चा थिए ।

लिम्बुवान एउटा भूगोल हो, जुन भूगोल सन्धिबाट नेपालमा गएको भन्ने जान्दथेँ । किन, कसरी लिम्बुवान चैं नेपालमा सन्धि भएर गएको र अहिलेसम्मको अवस्था के छ भन्ने राजनैतिक बुझाई मसँग थिएन । त्यो कुराको सामान्य जानकारी लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्ताहरूसंग थियो । ति इतिहासले लुकाएका कुराहरू, बहस गर्न र आन्दोलन गर्न मलाई लाग्थ्यो, समय, परिवेश र अवस्था त्यसबेला थिएन । लिम्बुवान प्राप्तिका लागि प्रजातन्त्रलाई बलियो बनाएर मात्र सम्भव हुन्छ । जहाँ वाक स्वतन्त्रता छ भनेमात्र लिम्बुवान भन्न पाईन्छ । वाक स्वतन्त्रताको बारेमा सिके प्रसाईँले मलाई सिकाएका थिए ।

लिम्बुवान क्षेत्रमा माओवादी जनयुद्द प्रवेशभएपछि लिम्बुवान मुक्ति मोर्चा शिथिल भए, प्यारालाईसिसजस्तै । मैले पनि ‘लिम्बुवान मुक्तिका लागि अव केही बल गर्नुपर्दछ किनभने माओवादीको कथित लिम्बुवान मुक्ति मोर्चाले सबै यश, मान र सम्मान लगिदिन्छ’ भन्ने चासो थियो र सुझाव पनि दिएका थिएँ । तथापी लिम्बुवान मुक्ति मोर्चा ताजुप रह्यो, तिनकै संगठनले जानुन् । माओवादी दशवर्षे जनयुद्ध र १९ दिने लोकतान्त्रिक जनआन्दोलन भाग २ सफल पश्चात पनि त्यसका नेता कार्यकर्ताहरूले लिम्बुवान मुक्ति मोर्चालाई वृहत बनाउन सकेन । तदर्थगत समितिहरू बनाउने, मित्रवत साथीहरूलाई थाहा नै नपाई तदर्थ समितिहरूमा राख्ने, व्यक्तिहरूलाई थाहै नदिई नामहरू घोषणा गर्ने जस्ता अपरिपक्व संगठनहरू बनाए । जसले लिम्बुवानको मर्म र भावना नै समात्न सकेन । सबैले लिम्बुवान भन्दैमा लिम्बुवान मुक्ति मोर्चाको मेम्बर हुन सक्दैनथे भन्ने राजनैतिक बुझाई कम थियो ।

यसरी नै २०६४ को निर्वाचनमा लिम्बुवान मुक्ति मोर्चा सहभागी भए, संविधान लेख्ने सभासद्का लागि । यो चुनावको परिणाम विचार गर्दा लिम्बुवान मुक्ति मोर्चाको वास्तविक मर्म र भावनाहरू जनताले राम्ररी बुझेको पाइएन । २०४३ सालदेखि संघर्षरत लिम्बुवान मुक्ति मोर्चाभन्दा कुमार लिङ्देनको भर्खरै स्थापना भएको ‘लिम्बुवान राज्य परिषद’ले समानुपातिक र प्रत्यक्ष मतमा धेरै ल्याइदिए । जनताको बुझाईमा लिम्बुवान मुक्ति मोर्चाभन्दा लिम्बुवान राज्य परिषद नै केही प्रभावी हो भन्ने थाहा पाए । ‘लिम्बुवान राज्य परिषद’को तर्फबाट संविधान लेख्नका लागि एकजना समानुपातिक सभासद् प्राप्त गरे ।

अब राजनैतिक धर्मसंकट लिम्बुवान मुक्ति मोर्चा र वीर नेम्बाङ्लाई आउन थाले किनभने वीर नेम्बाङ् भनेको नेपालकै प्रान्तीय पीता हुन् र वहाँलाई लिम्बुवान जन्य राजनैतिक संगठनले सर्वमान्य नै मान्नु पर्दछ भन्ने थियो र हो । अब तेसो हुन सकेन र लिम्बुवान मुक्ति मोर्चाले संविधान लेख्न अवसर पनि पाउन सकेन । हुँदाहुँदै लिम्बुवान जन्य राजनैतिक दलहरू कहिले मिल्ने, कहिले फुट्ने र कहिले के के हुने पराकाष्टा झेल्दै जानु प¥यो र अन्ततोगत्वा प्वाट्ट–प्वाट्ट फुटेर कहिले जोड्न नसक्ने गरी कुमालेको माटाको भाँडा झैं फुटिदिए, यहि हो धर्मसंकटमा लिम्बुवान । अब राजनैतिक अस्थित्वमा आउन लिम्बुवान मुक्ति मोर्चा र वीर नेम्बाङ्लाई नैतिक गाह्रोमात्र होइन असामयिक एक्लो भएकोछ, आफ्नै समूह र दलहरूबाट ।

वीर नेम्बाङ्, पञ्चायतकालमा याक्थुङ् भाषाको रात्री पाठशाला ‘फक्ताङ्लुङ् निसामहिम’ खोलाएर पढाए बापत र किपट नापी गरेको विरुद्धमा बोले बापत जेल बस्ने एक्लो वृहस्पति सावित हुन् भने तिनै जर्जरकाल खण्डमा लिम्बुवान मुक्ति मोर्चा गठन गरी भूमिगत राजनीति गर्ने अदम्य शाहसी फक्ताङ्लुङ् नै थिए, लिम्बुवानका लागि । अनि न म भन्छु उनी त नेपालकै प्रान्तीय पीता अथवा स्टेट फादर हुन् । राजनीतिकै कारणले गाउँको घर त्यागेर लामो समयसम्म भारतमा राजनैतिक निर्वासन विताउने र जेल बस्ने व्यक्तित्वलाई हिजो साथदिनेहरूले लिम्बुवान खोज्ने अवस्थामा लात हानेर सदाकालागि तिलाञ्जली अर्पण गरे ।

लिम्बुवानको माग राख्न समय नरहँदा वखत लिम्बुवान प्राप्ति हुन्छ भनेर तामापाथी कसमखाई साथ दिनेहरू अचेल लिम्बुवानको ‘ल’ समेत भन्न नरुचाउने राजनैतिक दलहरूमा सर्पले भ्यागुत्ता निलेझैं सर्लक्क लिम्बुवान निलेर पसेका छन्, दल उपभोगमा । कुन बेला बिष्टा भएर माटोमा फालिन्छन् त्यसबेला मात्तै लिम्बुवानको असली अनुहार देखिन्छन् कि ? अहिले ‘लिम्बुवान चाहिन्छ’ भनेर अधिकांश चिन्तन र आवाज उठिरहेको बेला लिम्बुवान त्याग्ने अनि असमयमा लिम्बुवानकि लिम्बुवान भनी खोज्ने मानसिकता भनेको अचेत मनोग्रन्थी मात्र थिएछ । यो हो या होइन बुझ्नु बाँकी छ । तथापी लिम्बुवान मुक्ति आन्दोलन त्याग्ने अथवा वीर नेम्बाङ् (प्रान्तीय पीता)लाई साथ छोड्ने एकदुई जनाले सामान्य राजनैतिक लाभ लिए र केही आमोदप्रमोदमा हुँइकी रहे । सायद यहि नै होला, असली लिम्बुवान मुक्ति र लिम्बुवान प्राप्ति । र मेरो उत्सुक आँखाले हेर्न चाहिरहेको छ, तत्बेलाको मनोग्रन्थीगत लिम्बुवानका आवाजहरू । साँच्चै भन्नुपर्दा प्रान्तीय पीता वीर नेम्बाङ्को साथ त्यागेपछि र उनको करकमल छोडेपछि लिम्बुवानको ‘ल’ समेत भन्न पनि छोडे किनभने ति दलहरूमा लिम्बुवान भन्ने कुनै नीति सिद्धान्त विधानमा छैन र लिम्बुवान प्रदेश समिति छैन, संगठनमा ।

२०६८ सालनेरको लिम्बुवानको एकता २०७६ सालसम्म आइपुग्दा छियाछिया भएर छताछुल्ल भए, दुःखद ढङ्गले । यो अत्यन्तै असहज मानसिक विगठन र ईतिहास मोल्ने काम लिम्बुवान मुक्ति मोर्चाकै हिजो वफादार गनिएका गाउँले नेता कार्यकर्ताहरूबाटै ऐतिहासिक धज्जी र वर्खिलाप भए । हुनसक्छ, व्यक्तिको आ–आफ्नो राजनैतिक चाहना र स्वभाव भएपनि यसरी निमिट्यान्न हुनेगरी सत्तोपयोग गरेर अगाडि बढ्नु अऐतिहासिक हुन्छ किनकि हिजो तामापाथी छोई कसम खाएको वचनले मानसिक पीडा त निरन्तर दिइरहन्छ ? स्खलित लिम्बुवानका नेता तथा कार्यकर्ताहरू कोही कांग्रेसमा लागेर कुनै एकको उपलब्धिका लागि साथ दिँदै सत्तामोहमा बग्दै गए भने कोही नेकपामा लागेर । वास्तवमा किन त्यहाँ लागे त ? भन्ने प्रश्न गम्भिर हुनसक्छ, लिम्बुवान मुक्ति मोर्चाका लागि ।

हुन त यस्तै अवचेतन, अवौद्धिकता र अज्ञानका कारणले थुप्प्रै समय, अवसर र मौकाहरू नगुमेको होइनन् लिम्बुवानी ईतिहासमा । यसरी गुम्दागुम्दै बाँकीको रूपमा रहेका अवशेषलाई अन्तमा गतिलै झाप्पड हाने, चोट कसैलाई लागेन र दुखेन । त्यो अवशेष नेपालको राष्ट्रिय चिन्ह थियो, हटाएपछि सक्कि गो । किपटको कुरा त हराइनै गयो । प्रदेश नं. १ गठन गर्दा १४ जिल्ला बनाएर लिम्बुवानलाई दिर्घकालिन छायाँमा राख्ने र दवावमा राख्ने दूरगामी सोचाईले बनाए । प्रदेश नं. १ लाई ‘लिम्बुवान’ नामाकरण केही गर्दा हुन सक्दैन किनकि खम्बुवान (किरात) समेत समावेश गराएपछि लिम्बुवान र खम्बुवानबिच प्रष्ट मतविभाजन गरेर, दाजुभाई फुटाएर अन्य नाम तोक्नमा पूर्वतैयारी नै हो । यसक्रममा लिम्बुवानवालाले लिम्बुवान र खम्बुवान या किरातवालाहरूले खम्बुवान या किरात मनोग्रन्थीमा एकोहो¥याएपछि राजनैतिक कोपभाजन अनिवार्य हुने नै भए र वर्तमानसम्म छ । राजनैतिक दुरगामी चिन्तन हामीमा छैन, व्यक्तिगत दोषादोष गर्ने, फुटिरहने, टुक्रिरहने र आँखि गरिरहने वर्गमा पर्दछौं । सकभर मिलेर प्रदेशको नामाकरण राख्न लिम्बुवान र खम्बुवान (किरात) एकता हुनु जरुर छ । यसर्थ मानसिक चिरा बनाएर सदियौं पछिसम्म लिम्बुवानको अवशेष उठ्न नदिनेगरी ठुलो राजनैतिक खेल भएको छ र हुँदै पनि छ । दुःखदका साथ भन्नु पर्छ कि सातसाल, अठारसाल र ०६२ र ०६३ सालको जनआन्दोलनले उठाएको ‘लिम्बुवान’ मर्म र भावना लिम्बुवानी मित्रहरूको कारणले मर्मज्ञ च्यात्तिएकोछ अब सिलाउन निक्कै गारो छ । तथापी लिम्बुवान आन्दोलन जारी छ र रहनेछ । जसले तामापाथी छोएको कसम त्याग्यो, लिम्बुवानको मर्म र भावनाले दण्ड देला, घुमीफिरी जो यथावत रह्यो उनको एकदिन लिम्बुवानी फूलमालाले स्वागत गर्देला, वीर नेम्बाङ् – जिन्दावाद, लिम्बुवान – जिन्दावाद भन्ने ताँतमा ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

मधेसीहरूलाई भ्रममा पारी धोका दिने र आफ्नो स्वार्थपूर्ति गर्ने काम नहोस् -उपेन्द्र यादव

काठमाडौँ, ३१ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुलमुद्दालाई वर्तमान सरकारले...

पुरानै क्याबिनेटका मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषद् गठन

काठमाडौँ, ३१ बैशा । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले...

अल्पमतको प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण आज

काठमाडौँ, ३१ बैशाख । अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण...

गण्डकीमा विपक्षी गठबन्धनको प्रयास असफल भएपछि गुरुङ नै मुख्यमन्त्री

काठमाडौं, २९ वैशाख । राष्ट्रिय जनमोर्चाका दुई सांसदले धोका दिँदा गण्डकीमा विपक्षी गठबन्धनको सरकार...

जनता समाजवादी पार्टीका नेताहरू आन्तरिक छलफलमा

काठमाडौंँ, २९ बैशाख । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू निरन्तर आन्तरिक छलफलमा छन्...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

लिम्बुवान कतातिर ?

मलिसा याक्थुङ्बा लिम्बू नेपाल सरकारका तत्कालिन शाहवंशी राजाहरूसँग गरिएको सन्धि र तिनले दिएको ताम्रपत्रबाट...

बालुवाटारबाट मन्त्रीपरिषदको आकस्मिक बैठक आव्हान

काठमाडौँ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।...