जर्मनीमा अनेसास शाखा गठन - Naya Online

जर्मनीमा अनेसास शाखा गठन

२३ बैशाख । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाजले भर्चुअल कार्यक्रम आयोजना गरी जर्मनी शाखा ‘राष्ट्रिय कार्यसमिति जर्मनी’ गठन गरेको हो। देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै सुमन बस्नेतको नेतृत्त्वमा संस्थाको जर्मनी च्याप्टर गठन भएको हो । त्यसैगरी, समितिको वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल र उपाध्यक्षहरूमा मुना कार्की र राधा गौतम चयन भएभने महासचिवमा विकाश सुबेदी, सचिवहरूमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन् ।

समितिको कोषाध्यक्षमा पशुपति तामाङ, सह–कोषाध्यक्षमा टीकाराम बस्याल चयन भए। त्यसैगरी, सस्थाका सदस्यहरूमा क्रमसः कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी, कमल अधिकारी, मुना पौड़ेल, उज्वल भण्डारी, कृष्ण ओली,सुबास पौड़ेल र सन्जु तामाङ रहेका छन् ।

नवगठित कार्यसमितिको सल्लाहकारमा मोहन बहादुर कार्की, हुमनाथ ढकाल र भरत चलाउनेलाई चयन गरिएको छ। बुधवार भएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेले समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताए। अन्तराष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले ‘नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं’ भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत ब्यक्त गरेकी छिन् ।

कार्यक्रमका विशेष अतिथि कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला (प्रदीप कुमार राई) नव गठित समितिलाई शुभकामना दिएक थिए। शुभकामना दिंदै राईले हरेक क्षेत्रमा नेतृत्व आफैं ‘रोल मोडल’ भएर उत्रिदामात्र अपेक्षित नजिता हासिल हुने मा जोड दिएका थिए । राईले भने, ‘नवगठित समाजका हरेक युवाहरू नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा म विस्वस्त छु ।’ कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपानेले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरिका नेपालीलाई जोड्ने उदेश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै नवगठित समितिलाई सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका पूर्व डीन प्रा.डा. टंकनाथ शर्मा, गैरआवसीय नेपाली महिला फोरम, जर्मनीकी संयोजक करुणा तुलाधार राई, त्यसैगरी, डा. नारायण गैरे, डा. पुष्पा शर्मा घिमीर, बिक्रम श्री, गोवध्दन पूजा, डा.भुपाल पाण्डे लगायत व्यक्तिहरूले शुभकामना दिएका थिए ।

नवगठित समितिका अध्यक्ष सुमन बस्नेत, उपाध्यक्षद्वय मुना कार्की र राधा गौतमले पदभार गर्दै पुर्ण सेवाभावका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । अध्यक्ष बस्नेतले संस्थालाई राजनीतिबाट पर राखेर ईमानदारिता, नैतिकता, पारदर्शिकताका साथ काम गर्ने बताउँदै सम्पूर्ण सदस्यहरूलाई समेत ती कुराहरूलाई आत्मसाथ गरेर काम गर्न निर्देशन दिएका थिए ।

कार्यक्रममा जर्मनी, नेपाल, पोर्चुगल, मलेसिया, अष्ट्रिया, इजरायल लगायत विभिन्न देशबाट नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकाबाट हेल्लो अमेरिका युट्युवमा आउँदै

न्युयोर्क, १८ जुन । अमेरिकामा रहेका नेपाली जनजीवनलाई समेटेर तयार पारिएको हेल्लो अमेरिका युट्युवमार्फत...

कोभिड–१९ को कहर

विरही काइँला कोरोना भाइरसले कोभिड–१९ भन्ने रोग लगाउँछ । कोभिड–१९ को सबैभन्दा सामान्य लक्षणहरू...

अभिव्यक्ति शृङ्खलामा मल्लको प्रस्तुति

काठमाडौँ, ३१ जेठ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करण शनिबार...

मलेसियामा कोभिडद्वारा एक नेपालीकाृ मृत्यु, चुम्लुङद्वारा दाहसंस्कार

क्वालालम्पुर, मलेसिया, १२ जुन । मलेसियामा १५ वर्ष अगाडि आएर अवैधानिक बसेका रनमान यक्सोको...

एनआरएन मलेसियामा सुन्दर आले अध्यक्षमा पुनःदाबेदार

क्वालालम्पुर, ११ जुन । गैरआवासी नेपाली संस्था (एनआरएन), मलेसियाको आगामी हुने सम्मेलनमा सुन्दर आलेले...

राजेश पायल राईको ‘आधा लैजाऊ तिमी…’ को भिडियो सार्वजनिक

काठमाडौँ, ५ जेठ । लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको गीत ‘आधा लैजाऊ...

किरात याक्थुङ चुम्लुङ अष्ट्रेलियाको इतिहास र वर्तमान

मनुराज निङ्लेकु लिम्बू पृष्ठभूमि संसारै भरिका मानिसहरू बसाइसरी आएर बसोबास गर्ने देश हो अष्ट्रेलिया...

गीत–संगीतले नछुने मन सायदै होलान् -शम्भु बाछना राई

२०४६ साल साविक हसनपुर– २, उखुबारी (हाल हतुवागढी–९, भोजपुर) मा जन्मेका शम्भु बाछना राई...

फिप्नाको सांस्कृतिक विभागले सम्झियो प्रेमध्वज प्रधानलाई

न्यूयोर्क, १७ मे । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को सांस्कृतिक विभागले वरिष्ठ गायक...

अमेरिकाको कारखानामा कामगर्दा

विरही काइँला अमेरिकामा काम गर्न सहज छ, तर घरमा बस्नु चाहिँ गाह्रो हुन्छ ।...